काठमाडाैं । भूकम्प प्रभावित जाजरकाेट र रुकुम पश्चिमबाट फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भाेगेका समस्या र थप बन्दाेबस्तीबारे १४ बुँदे सुझाव दिएका छन् ।
छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएकाे पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाएका छन् ।
सभापति लामिछानेले ‘परिवर्तनका लागि विगतमा तातो गाेली थाप्न तयार भएका जनतालाई चिसाेबाट बचाउनुस्’ भन्दा प्रधानमन्त्री दाहाल गम्भीर भएका थिए ।
प्रतिक्रिया