भूकम्प पीडितका लागि माओवादी केन्द्रद्वारा ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । गत शुक्रबार जाजरको केन्द्रविन्दु भएकर गएको विनासकारी भूकम्पबाट पीडिहरुका सहयोगको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ५० लाखको हस्तान्तरण गरेको छ ।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि माओवादी केन्द्रले दिएको रु ५० लाखको चेक पार्टीका उपाध्यक्ष पम्फा भुसाल लागयत नेताहरुद्वारा हस्तान्तरण गरिएको हो ।

६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा त्यस क्षेत्रमा ठूलो जनधनको क्षेति भएको छ । त्यसैको लागि माओवादी केन्द्रले घोषणा गरेको उक्त रकम आज बुझाएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया