अर्ना बियरपछि डिस होमर नोवेल कलेजको पनि घोषणा

काठमाडौं । डिसहोम फाइबरनेटले एसियातर्फको टी–२० विश्वकप छनौट प्रतियोगितामा खेल्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको छ । डिसहोमले बुधबार आफ्नो फेसबुक पेजमार्फत विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको हो ।

कम्पनीका अनुसार एकै खेलाडीले एउटै खेलमा शतक प्रहार गर्दै ५ विकेट पनि लिएमा २० लाख रुपैयाँ पाउनेछन् । तर, प्रतियोगिता एउटै खेलाडीले शतक प्रहार गर्दै ५ विकेट लिन प्राविधिकरुपमा कठिन मानिन्छ । शतकमात्रै प्रहार गर्ने खेलाडीलाई १० लाख रुपैयाँ उपलब्ध गराउने डिसहोमको घोषणा छ ।

५ विकेट लिने खेलाडीलाई ५ लाख रुपैयाँ र अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख रुपैयाँ दिने कम्पनीको घोषणा छ । यस्तै, एउटै खेलमा ३ विकेट लिनेलाई १ लाख, ३५ रन प्रहार गर्नेलाई ५० हजार र ३ क्याच वा स्टम्प गरेमा ५० हजार रुपैयाँको घोषणा कम्पनीले गरेको छ ।

नोबेलले १५ लाख दिने

विराटनगरको नोबेल मेडिकल कलेजले टी–२० विश्वमा छनौट भएमा नेपाली टोलीलाई एकमुष्ट १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । काठमाडौँमा जारी सन् २०२४ को विश्वकपबाट नेपाल दुई खेल मात्रै टाढा छ ।

कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकप छनौट भएमा अफिसियलसहितको नेपाली टोलीलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेको हो । सिंगापुर र मलेसियाविरुद्ध लगातार जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले भोली ओमनको सामना गर्दैछ ।

सेमिफाइन पुगिसकेको नेपाली टोली फाइनल प्रवेश गरेमा १० वर्षपछि आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी–२० विश्वकप खेल्नेछ । यस्तै, छनौट प्रतियोगिताको उपाधि नै जितेमा पुरस्कार राशि थप ५ लाख रुपैयाँले बड्ने घोषणा कलेजले गरेको छ ।

प्रतिक्रिया