नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।’

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गरे ।

महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।

नेपाली सेनाले शान्ति मिसनमा गरेको योगदान अविस्मरणीय

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गरेका थिए ।

प्रतिक्रिया