काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यो नयाँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।
सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनी सन् १९१९ मा टाईप ए १० एचपीबाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५० हजार भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो । फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दी भन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको छ ।
सिट्रोन ईसिथ्रिको एमिशन–फ्री सञ्चालनले वातावरण राख्नमा योगदान पु¥याउँछ । जसले ग्राहकलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई अँगाल्न मद्दत गर्छ । मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ । जसले सिट्रोन भारतमा बनेको सबैभन्दा कम मूल्यको ईभि बनेको छ ।
यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ । उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आईस मोडेल पनि उपलब्ध गराएको छ । फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाखमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ ।
प्रतिक्रिया