रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलाएको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएका छन् ।

चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने लामिछानेले जानकारी दिए ।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ । थप कार्यक्रम बारे जानकारी दिनेछौँ,’ उनले भने ।

प्रतिक्रिया