काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि तीन दिने ‘चेयरपर्सन क्लव’ तालिम तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ । साथै नेपालभरीबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम दोस्रो र तेस्रो हुने अभिकर्ता, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पुरस्कृत गरिन् ।
समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, दोस्रो र तेस्रो हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो । अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् । कम्पनीले आउने दिनमा प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालालाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताको योगदानबाट मात्र सम्भव हुने सिंहको भनाइ छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रमवापत तोकिएको लक्ष्य पूरा गरी चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई बधाई ज्ञापन गर्दै अभिकर्ता कम्पनीका मेरुदण्ड रहेको बताए ।
प्रतिक्रिया