काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षमा चतुर बहादुर चन्दसहित तीन पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।
उपाध्यक्षमा राेशन कुमार सिंह र काेषाध्यक्ष पदमबहादुर खड्कासमेत निर्विरोध निर्वाचित भए । क्यान शीर्ष ४ मध्ये ३ पद निर्विराेध भएकाे हाे । सचिव र सदस्यमा निर्वाचन हुने भएकाे छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीच निर्वाचन हुनेछ ।
प्रतिक्रिया