यस्ता छन् बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन् ।

प्रतिक्रिया