सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । उनीहरूबीच संसदमा टेबुल भएका विधेयक, प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन पनि गर्नेछन् । अमेरिका भ्रमण सकिएपछि उतैबाट प्रधानमन्त्री प्रचण्ड सिधै असोज ४ मा चीनको बेइजिङ जाने कार्यक्रम छ ।

प्रतिक्रिया