रौतहट । नेपाल प्रेस युनियन रौतहट शाखाको छैठौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले अध्यक्षमा प्रिमेश शिवाकोटी, उपाध्यक्षमा राजेश्वर पाण्डे(खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र, सचिवमा सागर हुमगाई, उप-सचिबमा राम प्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न भने सदस्यहरुमा राजेश पौडेल, बिश्नु आचार्य, बिबेक चौधरी, मो.मोजिबुल्लाह, मनोज यादब, मो.ओजिर आलम र प्रेम यादब चयन भएका हुन ।
अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान अध्यक्ष यादबराज पुरीको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया