विद्यार्थीको सिकाई दिगो बनाउन शैक्षिक सामग्री निर्माण

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माध्यामिक विद्यालय टोप्लामा शिक्षक र विद्यार्थीहरुको सहकार्यमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शन गरिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउने, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उद्देश्यका साथ शैक्षिक सामग्री निर्माण तथा प्रदर्शन गरिएको हो ।

कर्णाली माध्यामिक विद्यालय टोप्लाका शिक्षक र विद्यार्थीहरुको समन्वय र सहकार्यमा एक साताभर शैक्षिक सामग्री निर्माण गरेर शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री पदर्शन गरिएको छ ।

पाठयक्रममा रहेका शैक्षिणक क्रियाकलाप, आवश्यक तस्विरको अवलोकल गरेर विद्यार्थीहरुले शिक्षकको समन्वयमा स्थानीय स्रोत साधनबाट कागजका विभिन्न खेलौना सामग्री, निगालो, माटोका सामग्री पाठहरुमा रहेका सामग्री निमार्ण गरेका छन् ।

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाइलाई चिरस्थायी र प्रभावकारी बनाउने उद्देश्यकाका साथ यो शैक्षिक समग्री प्रदर्शनी गरिएको कर्णाली माध्यामिक विद्यालय टोप्लाका प्रधानाध्यापक चन्द्रप्रकाश बढुवालले जानकारी दिए । यस कार्यक्रमले विद्यार्थाीहरुको रचनात्मक क्षमता बढ्नुका साथै विद्यार्थीहरुमा सिकाई दिगो र अर्थपूर्ण राख्ने प्रधानध्यापक बढुवालले बताए ।

उक्त विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत रहेको समेत उनले जानकारी दिए । शिक्षण सिकाई क्रियाकलापमा आवश्यक शैक्षिक सामग्री निर्माण कार्यमा विद्यार्थीहरुको उत्साहजनक सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु यसमा चित्रकला निर्माणमा एकले अर्कोलाई सघाउँदै आत्मियताको भाव देखाएर सहभागी भएका र यो सिकाइले विद्यार्थीहरुमा पठनपाठनमा सहज हुनुमा आफूहरु विश्वस्त रहेका विद्यार्थीहरु बताउँछन् ।

विद्यालयलाई राम्रो बनाउनका लागि सरोकारवाला निकाय, शिक्षक अभिभावकको उत्तिकै भूमिका हुने जानकारको भनाइ छ । कर्णाली माध्यामिक विद्यालको प्रधानाध्यापकमा चन्द्रप्रकाश बढुवाल आइसकेपछि विद्यालयको परिर्वतन देखेर आफूहरु खुशी भएको सबै अभिभावकहरु बताउँछन् ।

शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले शैक्षिक सामग्री अवलोकनमार्फत प्रेरेरित भएको बताए । विद्यालयहरुमा पाठ्यपुस्तकको अध्ययन मात्र नभई विद्यार्थीहरुको शिक्षण र सिकाइलाई सहज र प्रभावकारी तुल्याउन अन्य विद्यालयले पनि यस्तो सिको गर्नुपर्ने नगरप्रमुख भामले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययन–अध्याापनमा पाठ्यपुस्तको जत्तिकै भूमिका हुन्छ शैक्षिक क्रियाकलापको पनि उत्तिकै भूमिका हुने उनको भनाइ छ । त्यसमा विभिन्न चित्रमार्फत अध्ययन अध्यापन गराउँदा अझै विद्यार्थीको सिकाई क्रियाकलाप गतिलो माध्यम बन्न सक्ने नगरप्रमुख भामले बताए ।

प्रतिक्रिया