मधेशमा शिक्षक दरबन्दीको लागि आजपाले आन्दोलन गर्ने

मधेश । शिक्षक दरबन्दीको लागि आम जनता पार्टीले आन्दोलन गर्ने भएको छ । आम जनता पार्टीको चन्द्रपुरमा बसेको प्रदेश पदाधिकारीहरुको बैठकले मधेशमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो ।

४०–५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत आज मधेशमा ८०–१०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौं विद्यालयमा शिक्षक दरबन्दी शुन्य रहेको भन्दै आजपाले यस्तो निर्णय गरेको जनाएको छ । साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेशको प्रत्येक जिल्लामा संघर्ष अगाडी बढाउने निर्णय हो ।

प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षता एवं पार्टीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह लगायतका नेताहरुको उपस्थितिमा बसेको उक्त बैठकले संगठन विस्तार लगायतका महत्वपुर्ण निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया