नर्भिकले नियम विपरीत बनाएका टहरा भत्काउँदै काठमाडौं महानगर

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा काठमाडौं महानगरपालिकाले आजै भत्काउने भएको छ । काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘नियमविपरीत अनधिकृत रुपमा बनाएका टहरा २ बजे भत्काउँदै छाैँ ।’ मेयर बालेन्द्र साहकाे निर्देशनमा महानगरकाे शहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टीमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सा पास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ । तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनसील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने बताएको छ ।

याे पनि : काठमाडौं महानगरलाई नर्भिकले पठायाे जवाफ (पत्रसहित)

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन मेयर बालेन्द्रको निर्देशन

प्रतिक्रिया