त्रिभुवन विश्वविद्यालयमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया नै ठीक छैन ?

यहाँ प्राय सोर्सफोर्सले जागिर खाएका छन् । त्रिविले १३ वर्ष भयो कर्मचारी चाहियो भनेर विज्ञापन गरेको छैन । जसको शक्ति उसको भक्ति भएको छ । त्रिविका पदाधिकारीदेखि लिएर बिद्यार्थी नेतासम्मले आफन्तलाई भर्ना गरेका छन् ।
तर, तिनैलाई अहिले आएर अकस्मात हटाउँदा हामी कर्मचारी भएको नाताले पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिनु परेको छ । हामी आन्दोलनमा रहेका बेला बिद्यार्थी नेताहरूले दबाब दिएर केही कर्मचारीको थमौती पनि गरेका रहेछन् । उनीहरूले आफ्नो स्वार्थले मात्र त्यसो गरेका हुन् । त्यसरी अवकाश दिएका कर्मचारीको थमौती गर्नुभन्दा हामीसँग आन्दोलनमा साथ दिएको भए हुन्थ्यो । तैपनि, हाम्रा साथीहरू हुन्, थमौती भए राम्रो । हामी कर्मचारीको पुनर्बहाली नभएसम्म आन्दोलन रोक्दैनौँ ।
पदाधिकारीहरूले पुनर्बहालीका लागि मौखिक सहमति जनाइसकेका छन् तर लिखित गरेका छैनन् । पुनर्बहाली हुनेमा हामी आशावादी छौँ ।

प्रतिक्रिया