नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने सम्भावना कतिको देख्नुहुन्छ ?

आगामी वैशाख महिनाभित्र स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन गराउनका लागि पनि राजनीतिक दलहरूबीच सहमति गर्नुको विकल्प छैन । त्यसको विकल्पका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पनि पार्टी सभापति सुशील कोइरालालाई सर्वसम्मत रूपमा राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीका लागि अगाडि सारिसकेको छ । त्यसका लागि हामी अन्य राजनीतिक दलहरूसँग द्विपक्षीय, बहुपक्षीय वार्ता, संवाद र छलफल गरिरहेका छौँ । राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दोस्रोपटक दिएको समयावधि पनि सकिनै लागिसकेको अवस्था छ । हाम्रो प्रयास भनेको सकभर राष्ट्रपतिले दिएको समयावधिभित्रै दलहरूबीच सहमति गरौँ भन्नेमा रहेको छ । प्रयास अझै जारी नै छ । तथापि, दलहरूबीच अझै सहमति भइसकेको छैन । वैशाख महिनाभित्रै निष्पक्ष रूपमा नयाँ निर्वाचन गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दलहरू एकमत पनि छन् । तर, दलहरूबीच कसको नेतृत्वमा सरकार गठन गर्ने र कसरी अगाडि बढ्ने भन्नेमा अझै सहमति हुन सकेको छैन । ढिलो चाँडो मुलुकसामु देखा परेको राजनीतिक र संवैधानिक संकट समाधानका लागि दलहरूबीच समझदारी अपरिहार्य छ ।

प्रतिक्रिया