बोर्डको कार्ययोजनामा समर्थन र विरोध

काठमाडौँ, नेपाली चलचित्रको हकहितका लागि भनेर चलचित्र विकास बोर्डले सोमबार एक कार्यक्रम मार्फत सार्वजनिक गरेको दसबुँदे कार्ययोजनालाई चलचित्रसम्बद्ध विभिन्न सङ्घसंस्थाले समर्थन र विरोध दुवै गरेका छन् । बुधबार बोर्डले आयोजना गरेको एक कार्यक्रममा केहीले समर्थन गरेका थिए  भने केहीले छुट्टै किसिमले विरोध गरेका छन् ।
समर्थन गर्ने सङ्संस्थामा चलचित्र निर्माता सङ्घ, चलचित्र कलाकार सङ्घ, द्वन्द्व समाज, चलचित्र प्राविधिक सङ्घ , एमाओवादी निकट अखिल
नेपाल चलचित्रकर्मी सङ्घ लगायत छन् ।
ती सङ्घसंस्थाले समर्थन मात्र हैन निर्णयको कार्यान्वयन गर्न सुझाब समेत दिएको दाबी अध्यक्ष गणेश भण्डारीले गरे । बोर्डले सार्वजनिक गरेको कार्यक्रमको खुलेर विरोध गरिरहेका चलचित्र प्रदर्शकको संस्था नेपाल चलचित्र सङ्घ र नेपाल निर्देशक समाजसँग भने छिट्टै  छुट्टै वार्तामा बस्ने
समेत अध्यक्ष भण्डारीले
जानकारी गराए ।
बोर्डले आफ्नो  कार्यक्रमको थालनी चलचित्रको बिहानी सोको खारेजीबाट गर्ने भएको छ । बिहानी सो खारेजीको कार्यान्वयन आगामी हप्तादेखि नै गर्ने  बोर्डले जनाएको छ । यता बोर्डले गरेको बिहानी सो खारेजी कार्यान्वयनको  विरोध चलचित्र सङ्घले गरेको छ । ‘हामीलाई बैठकमा नबोलाई बोर्ड आफ्नो कार्यक्रममा रहेको बिहानी सो खारेजीको निर्णय कार्यान्वयनमा लाग्यो भने हामीहरु चलचित्र प्रदर्शन नैै बन्द गरेर आन्दोलन गर्ने छाँै, चलचित्र सङ्घका उपाध्यक्ष प्रदीप उदयले
भने । (सौस)

प्रतिक्रिया