राष्ट्रपतिका अभिव्यक्ति ज्ञानेन्द्रका जस्तै

काठमाडौं, १९ कात्तिक । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रपति डा.रामवरण यादवलाई देशका बारेमा अनावश्यक चिन्ता नगर्न सुझाव दिएका छन् ।
उनले भने, ‘राष्ट्रपतिजीले देशको चिन्ता अनावश्यक रुपमा लिनु भएन ।’ कोटेश्वरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपतिका अभिव्यक्तिहरु सहमति विपरित रहेको बताए ।
‘राष्ट्रपतिले खोपीको देउता बन्दिन भन्नु र ज्ञानेन्द्रले दाईले जस्तो टुलुटुलु हेरेर बस्दिन भन्नु एकै हो,’ उनले भने, ‘राष्ट्रपतिका अभिव्यक्ति कांग्रेस र एमालेको उक्साहटमा आएका हुन् ।’
यसैबीच, एमाओवादीले मंसिर–१ गते राजधानीमा चियापान कार्यक्रम गर्ने भएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वतको शुभकामना आदान प्रदानका लागि भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया