सनराइज बैंकको २ शाखारहित सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले प्रदेश ३, रामेछापको मन्थली नगरपालिका वडा नं. १४ फुलासीमा ८४ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । साथै बैंकले प्रदेश १, ओखलढुंगाको मोलुग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी फुलासीका बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया