सिटिजन्सका कार्डवाहकलाई आगन्तुक रिसोर्टमा बिषेश छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाकाभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ ग्राहक, डेबिट÷क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्ट प्रालीका बिभिन्न सेवाहरुमा बिषेश छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंककोडेबिट कार्ड नभएकाग्राहकहरुको लागी समेत घरमै बसीनिःशुल्क मोबाइल बैकिङ मार्पmत डेबिट कार्ड को लागीआवेदनदर्ता गर्न सक्ने व्यवस्थामिलाएको छ । मोबाइल बैकिङमार्पmत खानेपानी, विजुलीतथा इन्टरनेटको बिलभुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैकिङएकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया