दैलेख । नेपाली कांग्रेसको आसन १४ औँ अधिवेशनका लागि गत भदौ १८ देखि २१ गतेमा जिल्लाका ९० वडाहरूबाट करिब १५ सय ७० जना प्रतिनिधि चयन गरेको छ । ११ स्थानीय तहका सबै वडाहरूमा सर्व सहमतिमा प्रतिनिधि छनोट गरेको थियो । उक्त कार्यक्रम पश्चात् भदौ २७ गते जिल्लाका ११ ओटै स्थानीय पालिका स्तरीय प्रतिनिधि छनोटको कार्यपालिका रहेको नेपाली काँग्रेस दैलेखले जनाएको छ । जिल्लाका ११ पालिका स्तरीय सभापतिका लागि २२ भन्दा बढी नेताहरूको आकाङ्क्क्षी रहेको पाइएको छ । नेपाली काँग्रेस दैलेखका एक नेताले भने, जिल्लाको दुल्लु गाउँपालिकामा २ जना सभापति अन्यमा धेरै साथीहरूको चर्चा छ । पालिकास्तरीय अधिवेशन नजिक आएसँगै सभापतिको लागि १ दर्जन आकाङ्क्क्षी नेताहरूको नाम चर्चामा आएको छ ।
पालिका स्तरीय सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङका कामहरूलाई तीव्र गरिएको पाइन्छ । १४ औँ अधिवेशनको पालिका स्तरीय वर्तमान सभापतिहरू नै दोहरिनु पर्ने इच्छा देखाएका छन्। पालिका स्तरमा रहने नेता कार्यकर्ताले सदरमुकाममा बसेर पालिकाको अधिवेशनमा नेतृत्व नगर्न सुझाव दिँदै आएका छन् । पालिका स्तरीय सभापतिको आकाङ्क्क्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्व सहमतीय नेतृत्व चयनका लागि दबाब दिँदै आएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ । वडा अधिवेशन युवालाई प्राथमिकता दिएको दैलेखमा नगर सभापतिमा सम्मते युवाहरूको प्रतिनिधित्वको खोजी भइरहेको छ ।
यति बेला पालिका स्तरमा दुल्लु नगरपालिका सभापतिका लागि लालबहादुर रावत र सूर्यबहादुर थापाको नाम चर्चामा रहेको छ । पालिकाको नेतृत्वको लागि उनीहरू नेता देखि कार्यकर्ता रिझाउन दौडमा देखिन्छ । दुल्लू नगरपालिकामा लाल बहादुर रावत कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमनि नेतृत्व अहिलेको आवश्यकता रहेको कार्यकर्ता बताउँछन् । त्यसैले दुल्लुमा रावत राम्रो सम्भावना भएको उम्मेदवारका रूपमा लिएको दुल्लुका एक स्थानीयले बताए । महाँवु गाउँपालिका सभापतिमा भिम बहादुर शाही, कर्ण बहादुर थापा र गणेश सेन आकाङ्क्क्षी रहेका छन् ।
आफ्नो पोल्टोमा मावल बनाउन यति बेला भगवतीमाई गाउँपालिका काँग्रेस नेता घरदैलो अभियानमा सक्रिय भएका छन् । भगवतीमाई गाउँपालिकामा जगत शाही, रविन्द्रजंग खड्का कुर्णबहादुर थापा तेजबहादुर खड्का, रत्नबहादुर रोकाय लगायतका नेताको आकाङ्क्क्षी छ । यी पालिका बाहेक पालिकाहरूमा पनि धेरै आकाङ्क्क्षी रहेकोले २७ गते सम्म सहमतिका आधारमा सभापति चयन गर्ने पहल भएको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण बिसीले बताए । भदौ २७ गते गाउँपालिका स्तरीय अधिवेशन, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रस्तरीय अधिवेशन भदौ १० गते जिल्ला अधिवेशन हुँदै छ । नेपाली काँग्रेस भित्र अहिले गुटगत छुट्टाछुट्टै छलफल र बहस सुरु हुन थालेको छ ।
जिल्ला सभापतिका लागि तिन नेताको दौडधुप
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै जिल्लामा अधिवेशनको माहौल तातिएको छ । गाउँदेखि केन्द्रसम्म अधिवेशनको माहौल बढेसँगै दैलेखमा जिल्ला सभापति पदमा तिन नेताको नेतृत्वमा आकाङ्क्क्षी देखिएको छ । महाधिवेशन नजिकिदै जाँदा जिल्ला स्तरका नेता कार्यकर्ता गाउँ दौडाहाको अभियान सुरु गरेका छन् । स्थानीय तहमा जुझारु सक्षम जनशक्ति निर्माण गर्ने अठोट गर्दै तिन जना नेताले सभापति पदमा विभिन्न माध्यमबाट दाबी प्रस्तुत गरेका छन् । सभापतिको दाबी गर्ने जिल्ला स्तरका नेताहरूमा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी आठविस नगरपालिका तिलेपाटाका भूपेन्द्र शाही र नारायण नगरपालिकाका –३ का मणिराम रेग्मी सभापतिमा आकाङ्क्क्षी देखिएका हुन् ।
सभापति दाबी गरेका घनश्याम भण्डारी र मणिराम रेग्मी प्रतिसप्रधा हुने आकलन गर्न थालिएको छ । सबै संग मिल्न सक्ने सरल स्वाभाव भएका भण्डारीलाई सभापतिमा जिताउने यूवाहरुको चाहान रहेको एक युवा नेताले जानकारी दिएका छन् । आठविसका भूपेन्द्र शाही पनि लामो समयदेखि सक्रिय राजनीतिमा लागेकाले उनको सम्भावना पनि उत्तिकै छ ।
दैलेख
प्रतिक्रिया