कोरोनाबाट दैलेखमा गर्भवतीको मृत्यु

दैलेख । कोरोना संक्रमणबाट यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

बिरामी परेपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया