दैलेखमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

दैलेख । विश्वव्यापी महामारिको रूपले फैलिएको कोरोना भाइरस संक्रमणले दैलेखमा एक बृद्ध पुरुषको मुत्यु भएको छ ।

दैलेख नारायण नगरपालिका– १ निवासी ७५ वर्षका बृद्धको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड १९ खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए । मृतकको मंगलबार स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया