पाँचथर । पाँचथरको फिदिममा नेपाल जनउद्धार संघ पाँचथरद्वारा फिदिममा आयोजित पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारीसम्वन्धी एकदिने अन्र्तक्रिया कार्यक्रमका सरोकारवालाहरुले सुझाव दिएका छुन् ।
कार्यक्रममा बोल्दै सिडिओ पुण्यप्रसाद ढकालले वैदेशिक रोजगारीमा जानुपूर्व सहि सूचना लिएर र सिप सिकेर मात्रै जान विदेश जान लागेका यूवाहरुलाई सुझाव दिए । त्यस्तै कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारीले जिल्लामा सुरक्षित वैदेशिक रोजगारीका लागि काम गरिरहेको संस्था सुरक्षित आप्रवासान परियोजना (सामी) सँग सूचना, परामर्श र समन्वय गरेर विदेश जाँदा काम गर्न सहज हुने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बास्कोटाले वैदेशिक रोजगारीबाट पठाइएको रेमिट्यान्सले मूलुक सञ्चालन भएको भन्दै वैदेशिक रोजगारीलाई नकरात्मक दृष्टिकोणबाट भन्दा पनि सकरात्मक दृष्टिकोणबाट हेरिनुपर्ने बताए ।
यस्तै अहिलेसम्म मनोसामाजिक परामर्श ५४ हजार ३ सय जनाले, सिपयुक्त जनशक्तिको विकास २७ हजारले, सूचनामा पहुँच ९ लाखले, न्यायमा पहुँच १५ हजार पुगेको कार्यक्रममा पाँचथरमा सुरक्षित आप्रवासन परियोजना (सामी) संयोजक क्षोमाया तामाङले जानकारी गराइन् ।
कार्यक्रममा सामीका पाँचथर, इलामका कार्यक्रम संयोजक रामकुमार कर्णले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्था विषयमा सहजीकरण गरेका थिए । सामी परियोजना अहिले पाँचथरको फिदिम नगरपालिका, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया