काभ्रे । काभ्रेमा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य सुरु गर्न लागिएको छ ।काभ्रेमा रहेको १३ वटा स्थानीय तहहरुमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य गर्न सबै स्थानिय तहमा एकदिने कार्यशाला गोष्ठी को आयोजना गरिएको छ ।
गाउँपालिका तथा नगरपालिकाको वडाध्क्ष वडा सचिव र कम्प्युटरमा विज्ञहरुलाई राखेर भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य गर्न आवश्यक सूचनाहरू र कस्ता खाले समस्या लाई कुन फारम भर्ने र पीडितलाई बुझाउने भन्ने बारे भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य जेन लामा जेनिसले बुझाए का थिए ।
सँगै नागरिकलाई आ–आफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेका थिए । उनले यसबारे लगत संकलन गर्ने गाउँपालिका र नगरपालिकाको समन्वय गरी १५ दिने सूचना प्रकाशित गरीपछि ३५ दिनभित्रै त्यो फारम भर्न पीडितहरुलाई तयार रहन आग्रह गरेका छन् ।
यस्तै शाखा अधिकृत परशुराम थापाले भूमिसम्बन्धी समस्या समाधान आयोगसम्म पीडितहरु धाउनुपर्ने अवस्था नरहेको र वडाबाटै सबै विवरण भरेर पठाउन सम्बन्धित सबैले सहयोग गर्न आग्रह गरे । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुका लागि लगत संकलन कार्यको म्याद पनि कम भएकोले गर्दा यस पटकको समस्या समाधान नै पहिलो र अन्तिम भएको पनि बताए ।
फारम वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गराई भूमि समस्या समाधान ईकाइमा पठाउने र इकाईले पनि रुजु गरिसकेपछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताए । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको काभ्रेमा यति नै छ भन्ने अवस्था अहिले नरहेको र त्यसको आधिकारिक तथ्यांक लगत संकलन पछि मात्रै थाहा हुने विज्ञ लामाले बताए ।
प्रतिक्रिया