काठमाडौं । बाजुराका पत्रकार अनिल शाहीद्वारा अभिनित लोक दोहोरी गीत सधैँ ‘मनपेट खोल्ने गर्याभा’ को भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच जय मष्टा मिडिया युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गायक प्रभुराज पाण्डे र गायिका माया पाख्रिनको आवाजमा रहेको उक्त गीतको भिडियोमा पत्रकार शाही र कलाकार आशा थापाले अभिनय गरेका छन् । कृष्ण मल्ल ठकुरीले रचना गरेको सो गीतमा पत्रकार शाहीले प्रमुख भूमिकामा अभिनय गरेका हुन् । नारायण दत्त उपाध्यायले निर्देशन गरेको सो भिडियोको आइतवार सार्वजनिक गरिएको महेश शाहीले जानकारी दिए ।
बाजुराबाट पत्रकारीतामा कलम चलाउँदै आएका शाहीले विद्यालय जीवनकालदेखि नै कलाकारीता क्षेत्रमा रुची राख्ने गरेका थिए । सो समयमा थुप्रै गित गाएर प्रथम भएको सम्झदै त्यति बेलाको दुःख विसाउने चौतारीका रुपमा कलाकारीता रहेको उनले सुनाए । आफू सानो हुदा आफ्ना बुवाको निधन भएपछि गीत गाउने गरेको सम्झदै पत्रकार शाहीले पत्रकारीता पेशामा आर्कषित हुनुको प्रमुख कारण नै कलाकारिता भएको बताए ।
उनले रेडियोमा गित सुन्न र गाउन पाइने भएकै कारण आफू त्यसतर्फ लागेको र अहिले बाजुराको कोल्टीमा रेडियो बुढीनन्दा सञ्चालन गरिरहेको बताए । वाल्यकालदेखि नै कलाकारीता तर्फको लगावकै कारण यो म्युजिक भिडियोमा आफूले अभिनय गरेको उनले बताए । एक दशकभन्दा बढी समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिय रहेका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो ।
प्रतिक्रिया