वीपी कोइरालाको ९८ औं जयन्ती

काठमाडौं, २४ भदौं । नेपाली कांग्रेसका नेता वीपी कोइरालाको ९८ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदैछ । कांग्रेस र उसका भातृसंगठनहरुले वीपीलाई स्मरण गर्दै छन् ।
स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको कोखबाट वीपीको जन्म विक्रम संवत १९७१ भदौ २४ गते अर्थात आजकै दिन भएको हो ।
जहानियाँ राणा शासनविरुद्धको विक्रम संवत २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वीपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भए । यद्यपी उनलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेर पञ्चायती व्यवस्था कायम गरेका थिए ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक वीपीले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन जीवनभर राजनीतिक संघर्ष गरेका छन् ।
राष्ट्रियता खतरामा परेको विश्लेषण गर्दै वीपी निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्केका थिए ।
२०३६ सालमा जनमतसंग्र्रह, २०४२ सालमा कांग्रेसको र २०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भएको मानिन्छ ।
विक्रम संवत २०३९ साल साउन ६ गते वीपी कोइरालाको क्यान्सर रोगबाट ६८ वर्षको उमेरमा निधन भएको थियो ।
राजनीति सम्मानका साथ नाम लिईने वीपी कोइराला साहित्यमा पनि उत्तिकै दलख राख्ने गर्थे । उनले दोषी चस्मा, सुम्नीमा, मोदी आईनलगायतका दर्जानौ कृति नेपाली साहित्यलाई छाडेर गएका छन् ।

प्रतिक्रिया