महालक्ष्मी लाईफको सम्पति शुद्धिकरण निवारण तालिम

काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । यो भन्दा अघि सातै प्रदेशमा सो सम्वन्धी तालिम संचालन गरिसकेको कम्पनीले जनाएको छ । इटहरीमा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी हुन । तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका उत्पादन बारेमा र मार्केटिग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिका बारेमा तालिम प्रदान गरेको थिए । आगामी चैतमा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको पनि कम्पनीले बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया