एमाओवादी बिखण्डनकारीको मतियारः गौतम

नवलपरासी, ९ भदौं । एमाले उपाध्यक्ष बामदेव गातमले एमाओवादी राज्य बिखण्डनकारीहरुको मतियार भएको आरोप लगाएका छन् ।
एमाले जिल्ला कमिटी चितवनको पार्टी कार्यालय भरतपुरमा आज आयोजित कायक्रममा गौतमले ‘एक मधेश एक प्रदेश’को माग गर्ने मधेसवादी दलहरुसँग एमाओवादीले घाँटी जोड्नुलाई संकास्पद गतिविधिको संज्ञा दिए ।
एकल जातीय राज्य बनाएर जातीय भिडन्त गराउन एमाओवादी सक्रिय रहेको भन्दै उनले राज्य बिखण्डनकारीको मतियारका रुपमा अघि बढेको आरोप लगाए ।
‘एमाओवादी नेपालमा पुनः राजतन्त्र जस्तै शासन सत्ता ल्याउन खोजेको छ,’ उपाध्यक्ष गौतमले भने, ‘उसको दिवास्वप्ना कुनै पनि हालतमा पुरा हुँन दिदैनौं ।’
जनतालाई झुक्काएर झुठो आश्वासन बाँडेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेको कुरा एमाओवादीका कार्यकर्ताले बुझ्न थालेको उनको भनाई थियो ।
उपाध्यक्ष गौतमले एमाओवादी संस्थागत भ्रष्टाचार गर्ने पार्टीका रुपमा उदाएको आरोप लगाए ।
‘एमाओवादीले नेपालमा जनयुद्ध गर्न भारतमा बिन्तीपत्र हालेर १५ हजार नेपालीको कत्लेआम गरेको छ,’ उनले भने, ‘एमाओवादीको राष्ट्रवादको खोक्रो आडम्बरको प्रदा च्यातिएको छ ।’
उनले एकल तानाशाही व्यबस्थाको परिकल्पना एमाओवादीले गरेर अरुलाई समाप्त गर्ने सपना देखेको आरोप पनि लगाए ।
कार्यक्रममा एमाओवादीको तस्रो डिभिजन जुटपानीका केही लडाकु र कांग्रेसका कार्यकर्ता सहित दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले चितवनले दाबी गरेको छ ।

प्रतिक्रिया