ट्याक्सी चलाउन दिन संसदीय समितिको निर्देशन

काठमाडौं । बुधबार संसदीय समितिले लकडाउनका कारण थन्कीएका टयाक्सी सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।

सार्वजनिक यातायात सञ्चालनको विषयमा आज विकास तथा प्रविधि समितिमा भएको सरोकारवालाहरूसँगको छलफलपछि सो निर्देशन दिइएको छ । ‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड, कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले तय गरेको मापदण्ड पूरा गरी सार्वजनिक सवारीसाधनका रूपमा रहेको ट्याक्सी सञ्चालन गर्न दिनू’ समितिको उक्त निर्देशनमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशका कारण ३ महिनाभन्दा बढी समयदेखि ट्याक्सी सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया