राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासमा गएका छन् ।

आफ्नै पार्टी सत्तारुढ दल नेपाल कम्युनिष्ट नेकपाभित्र विभिन्न विवाद चुलिँदै गइ संकट भएपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पटक–पटक शीतलनिवासमा धाइरहेका छन् ।

नेकपाभित्र विवाद चर्किएपछि उनलाई प्रधानमन्त्री पद छाड्न पार्टीबाटै ठूलो दवाव परेको छ । आजै ७ बजे सबै मन्त्रीहरुलाई बालुवाटार बोलाइएको छ ।

प्रतिक्रिया