ध्रुवीकरणको संकेत

अहिले राजनीतिक दलहरूबीच गठबन्धन निर्माण गर्ने तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यसले मुलुकको राजनीति अझै असहज अवस्थातिर उन्मुख छ भन्ने पुष्टि गर्दै लगेको छ । प्रमुख राजनीतिक दलहरू अहिले आफूनिकट ससाना दलहरूलाई विभिन्न स्वार्थ देखाएर आºनो गठबन्धन बलिरहेको प्रमाणित गर्न खोजिरहेका छन् । निश्चित रूपमा यो मुलुक र जनताका लागि शुभसंकेत होइन । यसले न त मुलुकको भलो गर्छ न जनताको न त राजनीतिक दलहरू र तिनका नेताका लागि नै यो राम्रो हो । यसले वर्तमानमा मुलुकसामु देखापरेका समस्याहरू समाधान गर्नुको साटो झनै विकराल बनाउँदै लैजाने निश्चित छ । अहिले राजनीतिक दलहरूबीच गठबन्धन निर्माण गरेर मुलुकलाई ध्रुवीकरणको दिशातर्फ उन्मुख गराउने होइन कि कम्तीमा पनि प्रमुख राजनीतिक शक्तिबीच न्यूनतम विषयमा सहमति र सम्झौता गरी सहकार्यको राजनीतिबाट अगाडि बढ्नुपर्ने बेला हो । जसले गर्दा मुलुकसामु रहेको वर्तमान संवैधानिक संकट र बिग्रँदो राजनीतिक अवस्थालाई सही दिशातर्फ डोर्‍याउन सकोस् । दल र तिनका नेतृत्वले आपसी ईष्र्या र वैमनस्यतालाई त्यागेर अहिलेको अवश्यकता के हो भन्नेतर्फ लाग्न जरुरी छ । विगतका आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संवद्र्धन र संस्थागत गर्दै मुलुकलाई समृद्ध र स्वाभिमान बनाउनेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । तसर्थ अहिले देखापरेको ध्रुवीकरणको अवस्थाबाट मुलुकलाई जोगाउन राजनीतिक नेतृत्व सजग हुनैपर्छ ।

प्रतिक्रिया