काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा निर्वाचित तुलसी प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बैंक सञ्चालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औँ बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो । नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दछन् । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिँदै उनको कार्यकालमा हिमालयन बैंकले थप उत्साहजनक प्रगतिको कामना गरे ।
प्रतिक्रिया