सावित्राले पाइन् भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड

काठमाडौं । गायिका तथा मोडल सावित्रा भुजेलले ‘भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०८१’ प्राप्त गरेकी छन् । उनले केही दिनअघि प्रवासी साझा मञ्चद्वारा आयोजित भारतको चण्डीगढमा सम्पन्न भएको अवार्ड वितरण समारोहमा ‘रातो सलको’ गीतमार्फत जुरी अवार्ड प्राप्त गरेकी हुन् ।

लामो समयदेखि गीत संगीतमा योगदान दिए वापत गायिका भुजेलसहित अन्य धेरै कलाकारहरुलाई पनि विभिन्न ५७ विधामा अवार्ड प्रधान गरिएको भारती पिक्चर्स प्रालिका अध्यक्ष अमृत भारतीले जानकारी दिए ।

अवार्ड वितरण समारोहमा प्रवासी साझा मञ्चका अध्यक्ष कृष्णकुमार श्रेष्ठको सभापतित्व रहेको थियो भने संस्कृति विभाग प्रमुख नेपाली राजदूतावास भारतका गोकुल बस्नेत प्रमुख आतिथि रहेका थिए ।

यस भारती अन्तर्राष्ट्रिय म्युजिक जुरी अवार्डले आफूलाई सांगीतिक क्षेत्रमा थप क्रियासील भएर अघि बढ्नमा महत्वपूर्ण भूमिका खेल्ने गायिका सावित्रा भुजेलले बताइन् ।
‘भारतमै गएर अवार्ड प्राप्त गर्ने अवसर मिल्यो, अहिलेसम्म सांगीतिक क्षेत्रमा मैले दिएको योगदान स्वरुप अवार्ड चुुम्न सफल भएकी छु’, उनले भनिन् । यसअघि पनि केही अवार्ड प्राप्त गर्न सफल भइसकेको भुजेलले जानकारी दिइन् ।

यसअघि राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५, नाट्यश्वर म्युजिक अवार्ड २०७५, मनास्लु नेशनल अवार्ड २०७८ लगायत अवार्डहरु प्राप्त गरिसकेको उनले बताइन् ।

प्रतिक्रिया