प्रधानमन्त्रीसँग सातै मुख्यमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश मुख्यमन्त्रीहरुबीच भएको छलफलले अन्तरप्रदेशको दोश्रो बैठक बैशाख १२ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच भएको छलफलले बैठकको मिति तय गरेको हो ।

छलफलमा प्रदेश २ को बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरी पीडितहरुको पुर्नस्थापनामा सातै प्रदेशहरुले समयन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरुले २९ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्रीहरुका मागबारे दोश्रो अन्तरप्रदेश बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

यसका साथै मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा मुख्यमन्त्रीहरुले प्रदेशको बजेट न्युन भएकाले त्यसलाई बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आगामी आर्थिक वर्षको लागि नयाँ बजेट ल्याउने तयारी सरकारले गरिरहेको छ । त्यसकै तयारी स्वरुप राष्ट्रिय योजना आयोगले १५ औं योजनाको आधारपत्रमाथि छलफल चलाएको छ । तर प्रदेशमा बजेट सिलिङ भने अहिलेसम्म पठाइएको छैन ।

प्रतिक्रिया