विश्व अर्थतन्त्रमा नेपालको विकासको गति

सामाजिक सुरक्षा दिवसलाई युग परिवर्तनको संज्ञा दिने र विदेशी आइएनजिओको सम्मेलनमा डेरा सर्ने हाम्रा प्रधानमन्त्री र बिजुलीका पोलपोलमा सरकारको उपस्थिति देखाउने अनि महिला हक अधिकारको बडो ठेली संविधान ल्याउने तर निर्मला पन्तलाई न्याय दिन नसक्ने केपी शर्मा ओली फेरि बिरामी परे हाम्रो सबै उद्देश्य फेरि पुरानै जस्तो सिसा फुटेजस्तो चकनाचुर पो हुने हो कि ?

अहिले हाम्रा छिमेकी मुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । जनसंख्याको हिसाबले संयुक्तराज्य अमेरिका तेस्रो स्थानमा छ । लामो समयदेखि अमेरिका भने अर्थतन्त्र अग्रणी स्थानमा नै छ । छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट हामीले खासै फाइदा लिन सकेनौँ । अहिले विश्व अर्थतन्त्रमा भारत छैठौँ स्थानमा हुनु भनेको हाम्रो लागि सुनौलो अवसर हुनुपर्ने थियो । विश्व बजारमा हाल अमेरिकी अर्थतन्त्र केही खस्कने संकेत देखिएको छ ।

लामो समय आफ्नो अग्रणी वर्चस्व कायम राख्दै आएको अमेरिकी अर्थतन्त्र अहिले पनि एक नम्बरमै पर्छ । प्राइस वाटर हाउस कुपर्स भन्ने एक संस्थाले गरेको अध्ययन अनुसार सन् २०३० अघि नै चीनले अमेरिकी अर्थतन्त्रलाई पछारी अगुवाइ गर्नेछ । छिमेकी मुलुक भारत पनि सन् २०५० अघि नै ठूलो अर्थतन्त्र बोक्ने मुलुकको रूपमा भविष्यवाणी गर्न थालिएको छ । चीन र भारतपछि मात्र अमेरिका तेस्रो स्थानमा पुग्ने देखिन्छ र चौथो भने इन्डोनेसियाको आंकलन गर्न थालिएको छ । भारतको यस्तो सुरम्य अग्रणी स्थान हुँदा छिमेकी हामी नेपालीको अवस्था कता के हुने अहिले नै सोच्नुपर्ने देखिन्छ ।

कतै लम्कँदै हामी पनि विश्वका अगाडि उभिन सक्छौँ कि ? त्यसो त मुलुकलाई सिंगापुर बनाउँछु भन्ने काठमाडौंवासीलाई मेलम्चीको पानी अमृतसरह पिलाउँछु भन्ने नेताजीहरू हामी माझ विदा भइसकेका छन् । सामाजिक सुरक्षा दिवसलाई युग परिवर्तनको संज्ञा दिने र विदेशी आइएनजिओको सम्मेलनमा डेरा सर्ने हाम्रा प्रधानमन्त्री र बिजुलीका पोलपोलमा सरकारको उपस्थिति देखाउने अनि महिला हक अधिकारको बडो ठेली संविधान ल्याउने, तर निर्मला पन्तलाई न्याय दिन नसक्ने केपी शर्मा ओली फेरि बिरामी परे हाम्रो सबै उद्देश्य फेरि पुरानै जस्तो सिसा फुटेजस्तो चकनाचुर पो हुने हो कि ?

हाल भारत विश्वको छैठौँ स्थानमा छ अर्थतन्त्रमा । सन् २०१९ सम्मा बेलायतलाई उछिनेर पाँचौ हुन सक्ने देखिएको छ । आइ.एम.एफ.को पूर्व अनुमान हो यो । भारत भूगोलको हिसाबले ठूलो छ । त्यस्तै जनसंख्याको हिसाबले जिडिपि. प्रतिव्यक्ति आयका हिसाबले भने धेरै तल छ अर्थात् जम्मा १९८२ मात्र । सन् १९८० सम्म भारत विश्वको तेह्रौं स्थानमा थियो अर्थतन्त्रमा । सन् १९१७ को उसको आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो । सन् २०१८ मा ७.३ प्रतिशत र सन् २०१९ मा ७.५ प्रतिशत हुनेछ । स्वाधीनता पछि उसको अर्थतन्त्रको सुरूआत कृषिबाटै भएको हो । हाल केही दशकयतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ । भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ ।

सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो मान्नुपर्छ । भारतको सकारात्मक पक्ष भनेको उच्च जगेर्नादर हो, अनुकूल जनसंख्या हो, मध्यमवर्गको उत्थान हो र सीमित आयात । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन । अहिले त मोदी मोडेलले भारता तहल्का नै मच्चाएको छ । सार्क राष्ट्रभित्र धनी मुलुक भारत छिमेकी पाउँदा, बिमस्टेक राष्ट्रका सामू हाम्रो मुलुक उभिन पाउँदा पनि हामीले उन्नतिको यथेष्ट संकेत पाउन सकेनौँ ।

हाम्रा भाइबहिनीहरू, छोराबुहारीहरू धेरै अमेरिकातिर लहसिएका छन् । कोही कामको खोजीमा, कोही पढ्न, कोही डि.भि.पारेर, नयाँ पुस्ता मात्रै होइन सुत्केरी स्याहार्न भनी बुढोपुस्ता पनि अमेरिका जाने ठूलै रोग छ हामी कहाँ । नजाउन् पनि किन ? अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अंगालो हालेको छ अमेरिकाले । आद्योगिक उत्पादनलगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ ।

प्रचुर प्राकृतिक सम्पदाहरू छन्, उच्च उत्पादकत्वको दर छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार अमेरिकाको कुल गार्हस्थ उत्पादन १९४ खर्ब डलर छ । उसको कुल गार्हस्थ उत्पादनले विश्वको जि.डि.पि.मा २४ प्रतिशत हिस्सा ओगटेको छ । विश्वको ठूलो अर्थतन्त्र बोकेको अमेरिकाको प्रतिव्यक्ति आयको सूचीमा नवौं स्थानमा परेको छ । सन् २०१८ मा उसको कुल गार्हस्थ उत्पादन २०४ खर्ब डलर नाघ्ने भएको छ । विश्वमा ठूलो आयातक मुलुक हो यो र दोस्रो ठूलो निर्यातक मुलुक । सन् २०१७ मा त उसले व्यापार घाटा पनि सहनुप¥यो । २८ खर्ब ९५ अर्ब डलरको आयात अनि २३ खर्ब २९ अर्ब डलरको निर्यातले उसको व्यापार घाटा देखाएको हो ।

उसको व्यापार घाटा हुने मुलुक भनेको चीन, जापान, मेक्सिको, जर्मनी अनि क्यानडा हो । थोक र खुद्रा व्यापारमा अमेरिका अग्रणी छ औद्योगिक राष्ट्रकै रूपमा पनि । म्याकडोनाल्ड र कोकाकोला उसको चर्चित कम्पनी हो । त्यति मात्रै होइन विश्वकै तेल उत्पादनको पहिलो मुलुक हो यो र पनि ऊ दोस्रो ठूलो तेल आयातक मुलुक पनि बनेको छ । विद्युत र परमाणु ऊर्जामा अब्बल दर्जामा छ अमेरिका । प्राकृतिक ग्याँस र सल्फर नून उत्पादनमा पनि अगाडि छ । कोइला, खनिज, तामा, सिसा, म्याग्नेसियम, जिंक, टिटानियम पनि हो उसको उत्पादन । अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान अत्यन्त न्यून प्रतिशत मात्र छ । तथापि मकै र भटमास भने धेरै उत्पादन गर्ने मुलुकमा चिनिन्छ अमेरिका ।

हाल भाइबहिनीहरू धेरै बेलायत र जर्मनीमा पनि छन् । बेलायत विश्वकै पाँचौ स्थान ओगटेको अर्थतन्त्रको मुलुक हो । अहिले नवौँ स्थानमा छ । सन् २०२३ मा उसले आफ्नो म्याराथुनमा ७ औँ स्थान ओगट्ने छ । सेवा क्षेत्रमा अब्बल छ बेलायत । दोस्रोमा उसको स्थान कलकारखाना हो भने कृषि क्षेत्र तेस्रोमा पर्छ । खाद्यान्नको हिसाबले उसका ६० प्रतिशत जनसंख्यालाई मात्र आफ्नो उत्पादनले भ्याउने गरेको छ । कृषिले जि.डि.पि.मा खासै योगदान गरेको छैन ।

दुक्षर्् प्रतिशतभन्दा कम जनसंख्याले मात्र कृषि क्षेत्रमा श्रम रोजगारी पाएका छन् । युरोपको फ्रान्सलाई उछिन्दै जर्मनी पछि दोस्रो ठाउँ ओगट्दै उभिएको छ बेलायत । सेवा क्षेत्रमा अत्यधिक रोजगारी छ त्यहाँ । बैंकिङ र बिमा क्षेत्रले लन्डन त ठूलो वित्तीय केन्द्र नै बनेको छ विश्वमै । विश्व बजारमा न्यूयोर्क, हङकङ, टोकियो, बैंकक, सिंगापुर, लन्डनको नाम लिइएन भने अधुरो हुने गर्छ हाम्रो अध्ययनमा । सन् २०१६ मा बेलायतमा जनमत संग्रह हुँदा बेलायती जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरेका छन् । बेलायतबाट सिक्ने पाठ हाम्रा लागि धेरै नै छन् ।

जर्मनी जाने नेपालीहरू पनि धेरै छन् । यद्यपि, भाषाको समस्या त छ नै । जर्मनी विश्वको चौथो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो । अत्यन्त कुशल, दक्ष जनशक्ति भएको मुलुक जर्मनी भ्रष्टाचार न्यून भएको, ठूलो सेयरपुँजी भएको मुलुक हो यो । प्राविधिक रूपमा सक्षम र सम्पन्न मुलुक हो यो । विश्वको निर्यातक मुलुकमा तेस्रो ठूलो हो यो । सेवा क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ७१ प्रतिशत रहेको छ । उद्योगको योगदान २८ प्रतिशत र कृषिको जम्माजम्मी १ प्रतिशत मात्रै छ । जर्मनीको बेरोजगारी दर युरोपेली संघको सबै सदस्य राष्ट्रका तुलनामा अति नै कम अर्थात् ४.७ प्रतिशत मात्रै छ । तर युवा बेरोजगारी दर भने युरोपेली अन्य सदस्य देशका तुलनामा सबैभन्दा उच्च ७.१ प्रतिशत छ । जर्मनीको मुद्रा युरोपेली मुद्रा युरो हो, विश्वमै अग्रपंक्तिमा छ युरो । आधुनिक गाडी निर्माणको क्षेत्रमा जर्मनी अग्रणी स्थानमा छ । उसको मूल निर्यात भनेको सवारी साधन, बिजुली उपकरण, औषधी, धातु, खाद्यान्न, प्लास्टिक, रबर, रासायनिक पदार्थ, विद्युतीय उपकरण नै हुन् ।

प्रतिक्रिया