भण्डारीले भेला बोलाए

काठमाडौं : नयाँ पार्टी बनाउने घोषणा गरेका लोकतान्त्रिक फोरमका पूर्वनेता शरत्सिंह भण्डारीले कार्यकर्ता भेलाबाट नयाँ पार्टीको नाम चयन गर्ने बताएका छन् । भण्डारीले सोमबार काठमाडौंमा सीमित सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकर्ताबाट आएका प्रस्तावित नाममध्ये कुनै एउटा अनुमोदन गर्ने जानकारी दिए ।
कार्यकर्तालाई आºनै पार्टी भएको महसुस गराउन कार्यकर्ताबाटै पार्टीको नाम चयन गर्ने घोषणा उनले गरे । ‘हामी असार १३ गते कार्यकर्ता भेला गर्छौं । कार्यकर्ताबाट आएका नाममध्ये एउटा चयन गर्छौं,’ भण्डारीले भने ।
नयाँ गठन हुने पार्टी मधेसकेन्द्रित हुने र मधेसका मुद्दालाई उठाउने जानकारी पनि उनले गराए । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहकार्य हुने उनको भनाइ छ । ‘उपेन्द्र यादवजीसँग हामी सहकार्य गर्छांै । अहिले पनि बृहत् मधेसी मोर्चामा हामी सँगसँगै छौँ,’ भण्डारीले भने । तराईका विभिन्न जिल्लाबाट लोकतान्त्रिकका कार्यकर्ता पार्टीबाट अलग भई आºनो समूहमा आउने क्रम बढेको उनले दाबी गरे ।
असार १३ गतेको भेलामा तराईका विभिन्न जिल्लाबाट १२ सयसम्म अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया