‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
काभ्रे जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । निकै प्रचलिच यो भनाईले मातृभूमी र मातृत्वको परिभाष जसरी एकै शब्दमा गरेको छ । त्यो बुझ्न र अनुभुत गराउन हामीले बषौँ कुर्नुपर्ने रहेछ ।
रोजगारीको शिलसिलामा १० वर्ष विदेशी भुमिमा पसिना बगाएका ३५ वर्षिय रामकृष्ण सापकोटा जब स्वदेश फर्के तब उनलाई अनभूत गरायो मातृभूमी र मातृत्वको यथार्थताले ।
पैसा भन्ने बित्तीकै त्यो नेपालमा संभव नै छैन , त्यो विदेशमा सहजै पाइन्छ भन्ने सोच्दै आज पनि दैनिक सयौँ नेपाली रोजगारीको लागी विदेश गइरहेका छन् ।
जसमा कतिले सोचेका भेटेका छन् त कतिले भेटेको सोचेका छैनन् । किनकी त्यो भेटिएको ठाउँ मातृभूमी नै हो भन्ने कुरा जब रामकृष्णले बुझे तब स्वदेशमा नै स्वर्गको अनुभुत गर्न पाएको सुनाए । नेपालमा काम गरेर केहि फाईदा छैन भन्ने साथिभाईहरुको सुझावले झनै निरास बनाउथ्यो ।
तर, पनि रोजगारीका लागि खाडी मुलुकमा जाने अधिकाशं युवाहरुको दुख कष्ट नजिकबाट नियालेका सापकोटालाई स्वदेशमै केहि गर्नुपर्छ भन्ने इच्छा भने जागिरहन्थ्यो । विदेशमा जति पसिना बगाउदा स्वदेशमै दोब्बर आम्दानी गर्न सकिन्छ भन्ने थाहा भएपनि जागर चलेको थिएन ।
पनौती– ४ टौखाल निवासि सापकोटाले विदेशमा दैनिक १६ घण्टा पसिना बगाएर कमाएको पैशाको राम्रो सदुपयोग पनि भएको थिएन । घरपरिवारमा अनावश्यक खर्च धेरै भैरहेको थियो । स्कुल पढ्ने घरका बालबच्चाको समेत बुबाले कमाइहाल्छन हामीलाई के को दुख भन्ने मानसिकता बढ्दै गएको थियो । विदेशमा कमाउने आफ्नो मान्छे भएपछि घरपरिवारका सदस्य खर्चालु बन्दै गए ।
उनीहरु समेत अल्छि बन्दै गएपछि सापकोटालाई स्वदेशमै बसेर स्वरोजगारमुल केहि काम गर्ने इच्छा जाग्यो । विदेशको दुख देखिभाोगि सकेका उनलाई नेपालमा केहि हुदैन भन्ने साथिभाईको सुझाव काम लागेन । आफ्नै देशमा, आफु जन्मे हुर्केको ठाउमा स्वरोजगारमुलक केहि काम गर्ने र वैदेशीक रोजगारका लागि गएका लाखौ याुवाहरुलाई स्वदेशमै काम गर्न प्रेरणा दिने उदेश्य राख्दै सापकोटाले पशुपालन गर्ने निर्णय गरे र घरसंगै गोठ बनाएर ५ वटा गाई पालन शुरु गरे ।
पाठकवृन्दलाई पत्यार नलाग्न सक्छ ५ वटा गाई पाल्दा नै सापकोटाले विदेशमा भन्दा बढी पैशा कमाउछन् । यति मात्र हैन घर परिवार संगै बसेर आफ्ना दुई छोरा बसन्त र सरदलाई समेत व्यवहारिक शिक्षा दिइरहेका छन् । स्थानिय वोर्डिङ स्कुलमा कक्षा १० र कक्षा ९ मा अध्ययनरत सापकोटाका दुई छोराले उच्च शिक्षा अध्यन पछि पनि रोजगारीको लागि कतै भौतारीरहनु नपर्ने गरि व्यवहारिक शिक्षा पाइरहेका छन् ।
कृषि पेशामा युवाहरुलाई आकर्षित गर्ने सरकारको नीति कार्यान्वयनमा समेत सापकोटा उदाहरण बनेका छन् । अल्छी नगरि कामलाई प्राथमिकता दिने हो भने स्वदेशमै लाखौ स्वरोजगार श्रृजना हुन सक्ने एक उदाहरण बनेका छन् । ‘वैदेशिक रोजगारीको क्रममा तीन वर्ष मलेशिया, तीन वर्ष दुबई र तीन वर्ष कतार बसेर आए’ सापकोटाले भने– मैले यो अवधिमा झण्डै १ करोड रुपैया कमाएँ तर ५० लाख जति त घरखर्चमै सकियो ।, बाँकि रहेको पैशाले एउटा पक्कि घर बनाए ।
विदेशमा कमाएको करोड देखिएपनि यहा बचत छैन ।, १२ घण्टा डिउटी, खाना पकाउन, खान, डिउटी जान तयार हुन २ घण्टा, अनि बसेको ठाउबाट डिउटी गर्ने ठाउसम्म जान १ घण्टा गरि दैनिक १५ घण्टा वित्थ्यो ।, यसरी खट्दा मासिक ५०÷६० हजार त कमाउथ्ये भन्दै उनले भने– आधा रकम घरखर्चमै जान्थ्यो । ,घरमा गरिने खर्च धेरैजसो अनावश्यक हुन्थ्यो । सबैभन्दा डरलाग्दो कुरा त घर परिवारका सबै अल्छी भए र दुई छोरा कुलतमा लाग्ने सम्भावना बढ्यो ।
‘म त एक उदाहरण मात्र हुँ, वैदेशीक रोजगारमा खाडी मुलुकमा रहेका अधिकाशं युवाहरुको यस्तै अवस्था छ’ सापकोटा भन्छन– विदेशको जति दुख गर्ने हो भने त्यहाको भन्दा दोब्बर रकम यहि कमाउन सकिने रहेछ । सापकोटाले अहिले ५ वटा गाई पालेका छन् । जसमा तीन वटा दुहुनो गाई छ भने दुईवटा व्याउने गाई छ । तीनवटा गाईको दैनिक ४० लिटर दुध बेच्छन उनी । ३२ लिटर डेरीमा दुध दिन्छन भने ८ लिटर दुध व्यक्तिको घर घरमा विक्रि गर्छन । एक लिटर दुधको सरदर ६२ रुयैयाको दरले मासिक ७२ हजार रुपैया आम्दानी गर्छन सापकोटा ।
५ वटा गाईलाई मासिक ५ बोरा ढुटो, ३ बोरा दाना र १ बोरा पिठो खुवाउदा रहेछन । ५ वटा गाईले मासिक १५ सय जतिको पराल खादो रहेछ । आफनो धान आलु फल्ने ५ रोपनी जग्गा भएपनि उनले थप ५ रोपनी पाखोबारी भाडामा लिएका छन् । आफ्नो र भाडामा लिएको जग्गाबाट घास सोत्तर पुगेको छ । यहा पाखोबारी वार्षिक ५ हजार रोपनीमा भाडामा पाहिन्छ । औषधि उपचारमा मासिक २ हजार खर्च राख्दा पनि उनको जम्मा जम्मी खर्च मासिक १२÷१३ हजार मात्र देखिएको छ ।
५ वटा गाईको मल विक्रिवापत मात्र वार्षिक ५० हजार भन्दा बढी आम्दानी हुने भएकोले जग्गा १० रोपनी भाडामा लिएर थप ५ वटा गाई पाल्न पनि सकिने सापकोटा बताउछन् । पाँचवटा गाई पाल्दा नै मासिक ५० हजार आम्दानी हुने बताउने सापकोटा आफ्नो घरको सबै काम भ्याएर प्राविधिक शिक्षालयमा सुरक्षा गार्डको समेत डिउटी गर्न भ्याएको बताउछन् । गाई फर्म नै खोलेमा सरकारले विमा, कुडो पकाउने भाडा, दुध विक्रिको लागि क्यान, भुसा काट्ने मेशिन मात्र हैन कृषिको लागि अनुदानमा हाते ट्याक्टर समेत उपलब्ध गराउदै आएको छ ।
सरकारी सुविधा लिएर १० वटा मात्र गाई पालेमा पनि दुई÷तीन जनालाई रोजगारी दिएर मासिक ७०÷८० हजार रुपैया सजिलै कमाउन सकिने भन्दै वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फर्कन सापकोटा सल्लाह दिन्छन् । वैदेशिक रोजगारी छोडेर स्वदेशमै पशुपालमा रमाउदै मासिक ५० हजार कमाउदै आएका सापकोटाको उदाहरण अन्य कृषि पेशामा पनि लागु हुन्छ ।
व्यवसायीक तरकारी खेती मात्र हैन अन्य खेतिहरुपनि परम्परागत ढंगले नभै व्यवसायीक ढंगले गरेमा स्वदेशमै स्वरोजगार उत्पन्न हुने र विदेशको भन्दा बढी पैशा यहि कमाउन सकिने सापकोटा बताउछन् । खाडि मुलुकको तुलनामा आफ्नो देश स्वर्ग जस्तै भएको भन्दै सापकोटा भन्छन– हामिले निर्वाहमुखि कृषि पेशा गरेको कारण कृषिमा युवाहरुको आकर्षण घटेको हो । व्यवसायीक कृषि पेशा गरेमा फाइदै फाइदा छ । सापकोटाको व्यवसायको अर्को महत्वपुर्ण पाटो सबैले मनन गर्नुपर्ने खालको छ ।
स्कुल बढ्ने घरपरिवारका सदस्यहरुलाई आफ्नो कामको व्यवहारीक ज्ञान दिने । नेपाल समाचारपत्रसंग कुरा गर्दै सापकोटा भन्छन– मेरा बच्चाहरुलाई पढेर के गर्ने भन्ने चिन्ता छैन उनिहरुले कसरी काम गर्नुपर्छ भन्ने बारे राम्रो संग व्यवहारिक ज्ञान सिक्दैछन् । अहिले गाई पाल्ने दुध वेच्ने कुरा मात्र छ पछि यसलाई अझ वृहत्तर बनाएर गाईहरु थप्ने र तरलबाट ठोस पदार्थ बनाएर पनि विक्रिवितरण गर्न सकिने छ ।
बच्चाहरुले पढाई सक्ने बेलासम्म यी कुराहरु सबै सिक्नेछन् । नेपालमा किताबी शिक्षा मात्र भयो व्यवहारिक शिक्षा भएन भनि आलोचना भैरहेको बेला सापकोटाको कुरा तर्कसंगत देखिन्छ पनि । विदेशको दुखकष्ट देखेभोगेका सापकोटा खाडी मुलुकमा रहेका नेपालका युवाहरुलाई दुहुनो गाई दुईवटा राम्रो संग पाले पनि त्यहा दैनिक १५ घण्टा काम गरे बराबर सजिलै कमाई हुने बताउछन् ।
उनको वुझाईमा कृषि पेशा कसैले पनि गर्न मन पराउदैन तर सबैभन्दा बढी फाइदा यसैमा छ । युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न सरकारले केहि पहल गरेपनि अझ शसक्त पहल गर्नुपर्ने सापकोटा बताउछन् ।
प्रतिक्रिया