दुई दिनमा ३५ लाखभन्दा बढीको कारोबार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औँ फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाखभन्दा बढीको कारोवार भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित सो एक्स्पोमा करिब ३५ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

पुष्प व्यावसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत ३० गते देखि सञ्चालन भइरहेको एक्स्पोमा नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्य रहेको छ । मेलामा १० वटा अफिसियल स्टल, एउटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्यान्डस्केपिङका स्टल, ६५ वटा व्यवसायिक स्टल र २ वटा फुड स्टल गरी जम्मा ८२ वटा स्टल रहका छन् ।

त्यसैगरी, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया