२२ सय क्यालोरीका लागि लड्ने कि, २२ से २४ से राज्यका लागि ?

देश विकास र राजनीतिको कुरो गर्दा आजभन्दा ३०÷३५ वर्षअघिसम्म आर्थिक हैसियत र विकासका हिसाबले नेपालभन्दा पछि वा नेपाल सरहका दाँजोमा रहेका देशहरू जस्तै दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर, श्रीलंका लगायतका देशहरू आज कसरी विकसित देशको दाँजोमा पुगे÷पुग्न लागे ? र, हाम्रो देश नेपालचाहिँ अनेक सम्भावना भएर पनि जस्तै पशुपालन, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, वन पैदावार लगायतका अनेकौँ स्रोत साधनहरूले भरिपूर्ण भएर पनि किन झन् झन् तल पर्दै विश्वकै गरिबी र अभावमा गुज्रिएर रहेको देशहरूको लहरमा उभिन पुग्यो ?

‘वल्र्ड एटलस’ले सन् २०१७ मार्चमा अपडेट गरेको विश्वका २५ वटा गरिब देशहरूको सूचीमा नेपाल प्रति व्यक्ति आय सातसय एक दशमलव ६८ अमेरिकी डलरसहित १७ औँ स्थानभित्र परेको देखिन्छ । के नेपाल साँच्चै विश्वका गरिब देशहरूको लहरमा उभिनुपर्ने देश हो ? त्यसो होइन । हो, एकसय चारवर्षे निरंकुश राणा शासनकाल र २००७ देखि २०१७ सालको संक्रमणकालमा नेपालमा विकास भएन । समाज अगाडि बढेन । तर, २०१७ सालमा स्वर्गीय राजा महेन्द्रले चालेको कदमपछि त नेपालले विकास निर्माणलगायत हरेक क्षेत्रमा अग्रगति लिनुपथ्र्यो ! तर, देशमा शासनव्यवस्था चलाउने ठाऊँमा पुगेका टाउकेहरूले केकसो गर्दा देश विकास गर्न सकिन्छ ? भन्नेभन्दा पनि केकसो गर्दा आफू र आप्mना सन्तान–दरसन्तान र आफन्तहरूको आर्थिक उन्नति हुन्छ ? भन्नेतिर लागे । हुन त ३० वर्षे पञ्चायतकालको उत्तार्धमा राजदरबारले नियुक्त गरेको प्रधानमन्त्री, मन्त्रीहरूभन्दा दरबारलाई भजाएर खानेहरू शक्तिशाली थिए भन्ने सुनेकै÷पढेकै हो ।

जल, जमिन, जंगललगायत अन्य प्राकृतिक स्रोत साधनको हकमा हाम्रो देश नेपाल ती देशहरू भन्दा कता हो कता धनी हुँदाहुँदै पनि तापनि नेपाल अगाडि होइन पछाडि धकेलियो । आखिर किन यस्तो भयो ? यो विषयमा बहस÷छलफल गर्ने अधिकांशलेसहज रूपमा भन्ने गरेका छन्– ‘नेताले गर्दा देश बिग्रियो !’

माथि नै भनिएझैं २०४६ को परिवर्तन अघिसम्म राजा र दरबारको नाममा पञ्च नेताहरूले देश बिगारे वा सपार्न चाहने पञ्च नेताहरूलाई पनि दरबारिया अतिवादीहरू काम गर्न दिएनन् भन्ने हो भने पनि २०४६ सालको परिवर्तनपछि आएको बहुदलीय व्यवस्थामा त फटाफट विकास र्मिाण हुनुपर्ने हो । तर, त्यस्तो भएन । विभिन्न राजनैतिक दल (खासगरी नेपाली कांग्रेस र नेकपा एमाले) ले बहुदलको नाममा नेपाललाई झन्पछि झन्पछि धकेले । किनभने, उनीहरूले बहुदलीय व्यवस्थाको मर्म अनुसार देशमा शासन सत्ता चलाउनुभन्दा पनि कसरी हुन्छ एकअर्कालाई उछिनेर सरकारमा जाने र ३० वर्षे पञ्चायतकालका पञ्च नेताहरूझैं देश र जनताको हितमा भन्दा पनि आफू र आप्mना सन्तान–दरसन्तान र आफन्तहरूको हित र आर्थिक उन्नति गर्नतर्फ लागे ।

नेपालको विकास प्रक्रियामा अवरोध आउनु वा नेपाल हालसम्म पनि विकासले गति नलिनुमा धेरै हलसम्म देशको वास्तविक धरातलअनुरूप राजनीतिक दल, सरकार, न्यायिक क्षेत्र, कर्मचारीतन्त्र, संवैधानिक निकाय आदिमा संरचनागत रूपमा पुनः संरचना वा भनौं समावेशी नहुनु पनि हो । हाम्रो देश नेपालको बनोट (खासगरी जातीय विविधता) गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले सुरु गरेको भगौलिक एकीकरणदेखि नै विविधताले भरिपूर्ण थियो÷हो । तर, नेपालको भगौलिक एककिरणपछि यो वास्तविकतालाई शासकहरूले स्वीकार गरेनन् । बरु राणा शासनका सुरुकर्ता जंगबहादुर राणाले मुलुकी ऐन ल्याएरै देशमा जातिगत रूपमा खस आर्य (विषेशतः बाहुन) को, धार्मिक रूपमा हिन्दू धर्मको सर्वोच्चता कायम गरे । उनले कतिसम्म गरे भने, पानी चल्ने र नचल्ने, छोइछिटो हाल्नुपर्ने र नपर्ने, मासिन्या र नमान्यिा, काट्न पाईने र नपाइने (जस्तो मान्छेमा बाहुन र जनावरमा गाई काट्न नपाइने) जातहरू निर्माण गरे !

यसरी २०४६ सालको परिवर्तपछि आएका राजनीतिक दल र तिनका नेताहरूले जसरी पनि सत्ता टिकाउने, सकेसम्म आफूबाहेक अरूलाई सत्ता नसुम्पिने हेतुले संसदमा आफ्नै दलको बहुमत हुँदाहुँदै संसद विघटन गर्ने, ३० वर्षसम्म शासनसत्तामा हालीमुहाली गरेका र आपूmहरूलाई अराष्ट्रिय तत्व (अत) घोषित गर्ने पञ्चहरूलाई पालैपालो सरकार प्रमुखको कुर्सी जिम्मा लगाउने, सत्तामा टिकिरहन खसीबोकाझैं सांसदहरूलाई खरिद–बिक्री गर्ने, पुरुष सांसदले महिलाले सुत्केरी हँुदा खाने औषधि खाने, उपचारको बहानामा थाईल्याण्डको राजधानी बैंकक राम रमाइलो गर्न जाने, नेपालकै पाँच तारे÷चारतारे होटलमा बन्धक भएर बस्ने, ट्राफिक जाममा पर्ने, गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लगाएर संसद भवन छिरेका तत्कालीन सांसदलाई आर्थिक र साजिक हैषियतले नै नभ्याउने गरी प्राडो, पजेरो लगायत महँगा गाडी भन्सार मिनाहामा मगाउन पाउने, सत्ता टिकाउनका लागि विदेशीको गुलामी गर्ने लगायतका खेलमा सामेल भए ।
यसै मेसोमा ०६२÷०६३ को परिवर्तन पनि आयो ।

यो परिवर्तनले भने विगत लामो समयदेखि शासक र शासक जातका अगुवाहरूबाट दलनमलनमा परेका आदिवासी जनजाति, दलित÷शिल्पी समूह, मधेसी, मुस्लिम, महिला, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, मजदुर, किसान, कमैया, कम्लरी, हरूवा÷चरुवा, भिन्न क्षमता भएका जस्तै अन्धा, शारिरीक अपांगता भएका, बहिरो, लाटो, लठेब्रो, बौद्धिक अपांग आदिमा केही हदसम्म चेनताको बिऊ रोपेको मान्न सकिन्छ । जुन परिवर्तनकै कारण हरेक क्षेत्रमा विगत लामो समयदेखि एकलौटी रूपमा राईँदाईँ गर्दे आएका शासकहरू (२०६८ को राष्ट्रिय जनगणना अनुसार १२. २ प्रतिशत रहेका बाहुन) ले ‘यो देशको शासक त क्षेत्री हुन्, कहाँ बाहुन हुन् ?’ भनेर आपूm पानीमाथिको ओभानो बन्न खोज्दै छन् । तर, उनीहरूले यसरी सजिलै सुख पाउलान् ?

कतिपय उदार भनिएका बाहुन कामरेडहरूको तर्क के छ भने, नेपालको भगौलिक एकीकरणपछि दरबारभित्रको तानातानमा हालको प्रधानमन्त्री सरहको पद ‘चौतरिया’ पद पाएका रंगनाथ पौडेल, २००७ ÷०१७ को बीचमा मातृकाप्रसाद कोइराला, वीपी कोइराला र टंकप्रसाद आचार्य (जसलाई विक्रम संवत् १९९७–२००७ को राणा शासनविरुद्ध लागेको भनी राणाहरूले जात खोसेर तल्लो जातमा खसालेका थिए) ती बाहेक नेपालमा कुन बाहुन प्रधानमन्त्री भयो ? प्रश्न गर्छन् । ३० वर्षे निरंकुश पञ्चायतकालमा प्रधानमन्त्री भएका जो सुकै पनि राजाको प्रत्यक्ष शासनकाल भएकोले उनीहरू असली शासकमा नदरिने बताउँछन् । उता क्षेत्रीहरूको तर्क झन् रोचक छ । उनीहरू भन्छन्, ‘हामी कहाँ शासक हौं र ? हाम्रो काँधमा बन्दुक राखेर पड्काउने त बाहुन नै हुन् नि !’ कतिपय क्षेत्रीका अगुवाहरू अनौपचारिक रूपमा दुःखेसो पोख्छन्, ‘हाम्रो कर्मकाण्ड गर्ने अधिकार पनि बाहुनले खोसेका छन् । धार्मिक, सांस्कृतिक, कतिपय कर्मकाण्डीय कार्यसमेत हामी आफैँ गर्न पाउँदैनन् । बाहुनअघि सर्नु पर्ने नियम बसाले । तपाईँहरूले त कमसे कम त्यो अधिकार गुमाउनु परेन ।’

जे होस् अहिलेसम्मको स्थिति हेर्दा औसतमा बढी शिक्षित दर भएका बाहुन÷बाहुनी कामरेडहरूले नै देशलाई सही दिशा दिन अघि नसरेसम्म देश कता लाने÷जाने ? भन्न सकिन्न । उनीहरूले सकारात्मक कोणबाट बहस र छलफल नगरेसम्म देश विकासको मृगतृष्णा, लामो समयसम्म मृग–तृष्णाकै रूपमा नरहला भन्न सकिन्न । यो देशमा डोरबहादुर विष्ट बेपत्ता छन् । एकजना पिताम्बर शर्मा छन् । जो सबैप्रति समान धारणा बनाउँछन्÷राख्छन् । उनी जस्तै ‘विगतमा राज्यले÷राज्य चलाउनेहरूले नेपालका जातजाति, भाषाभाषी, धार्मिक अल्पसंख्यक, महिला, दलित÷शिल्पी, पिछडिएको क्षेत्र आदिमाथि थिचोमिचो भएकै हो । अब त्यो कुरोलाई सबैले स्वीकारेर अगाडि बढ्नुपर्छ ।’ भन्न सक्ने बाहुन÷बाहुनी कामरेडहरूको संख्या सक्दो बढाउनुपर्ने देखिन्छ । यो कुरो कसैसँग ‘अनुराग र द्धेष’ नराखिकन भनेको हो है !

 [email protected]

प्रतिक्रिया