देशको राज्य व्यवस्था स्वचालित र प्राणवान हुनुपर्दछ । जसलाई विधिको शासनद्वारा व्यवस्थित गरिन्छ । तर, हामीकहाँ अहिले के धूत्र्यांयी देखाइने गरिन्छ कि जुन काम गर्नु छैन त्यही काम गर्ने बेसरी हल्ला गरिन्छ र जुन काम गर्नु छ त्यसैको व्यापक विरोध गरिन्छ । ठीक यही कुरा कानुनी राज्यको मूर्ततामा पनि लागू हुन्छ । विधिको शासनको धुजाधुजा पार्न सबै शक्ति परिचालित छन् । अदालतलाई राजनीतिक भर्तीकेन्द्रको रूपमा विकसित गरिने उपक्रम भइरहेको छ । राजनीति सबै अंगमा सर्वोपरी छ । राजनीति नै साध्य भएको छ । देशका सबै अंग र प्रशासनतन्त्र पूर्णरूपमा भनसुन, सोर्स सिफारिस र भ्रष्टाचारमा डुबेको छ । नियन्त्रण र नियमनकारी कुनै सक्षम सत्ता नरहेकोले बलियाले र राजनीतिमा रहेकाले जे गरे पनि हुने भएको छ । देश प्रणाली (सिस्टम) विहीन छ ।
देश हाँक्नेको चरित्र र प्रणाली देशको लागि नितान्त महत्वपूर्ण कुरा हुन्छ । यसको महत्व दर्शाउने दुइटा अति महत्वपूर्ण पुस्तक को सन्दर्भ दिनु उपयुक्त हुनेछ । १ करोड ५० लाखभन्दा बढी संख्यामा प्रकाशित Stephen R=Covey को प्रशिद्ध पुस्तक The 7 habits of highly effective people df æ So often the problem is in the system, not in the people = If you put good people in bad system , you get bad results= You have to water the flowers you want to grow, लेखिएको छ ।
तर विश्व प्रशिद्ध चाणक्य नीति मा भनिएको छ–‘‘गुणैरुत्तमताम याति नोच्चैरासन संस्थिता । प्रासाद शिखरस्र्था‘पि काकह किम गरुडायते ।’ अर्थात आफ्नो गुणले गर्दा नै मानिसले उच्च स्थान प्राप्त गर्दछ । अग्लो ठाउँमा बस्न पुग्दैमा मात्र कोही उच्च हुँदैन । कुनै भवनको गजुरमा बस्न पुग्दैमा काग गरुड बन्न सक्दैन ।
A man creates his image due to his good works and qualities,= A crow perched on a steeple of a royal place de not become honorable bird Garun यी दुइटा वाक्यले नै नेपालमा लोकतन्त्र र गणतन्त्रलाई प्राणवान र ऊर्जावान बन्नमा नेताहरूको दुर्गन्धित स्वरूप र विनाप्रणालीको विधि व्यवस्था प्रमुख बाधक रहेको कुरा छर्लंग भइरहेको छ ।
देश सञ्चालनका लागि देश सुहाउँदो व्यवस्था, उत्तम विधि र सुस्थापित स्वचालित प्रशासनिक प्रणालीका साथसाथ उत्तम र त्यागी चरित्रका आदर्श र उदाहरणीय नेता हुनु पर्दछ । मैकियावेली ले द प्रिन्स मा चतुराईं, धूर्तता र निरंकुशतालाई राजाको गुण बताएका छन् नेपाली नेताले आपूmलाई राजा ठानेर यी दुर्गुणहरूलाई आफ्नो विशेषता बनाएका छन् । हामी कहाँ कुनै पार्टीको नीति र कार्यक्रम स्थायी छैनन् । कहिले वाम वाम एक ठाम, कहिले प्रजातान्त्रिक शक्तिको एकताको कुरा, कुनै बेला कार्यगत एकता त कुनै बेला कसैको नैतिक समर्थनजस्ता तमाम काम कुराहरूको प्रयोग भइरहेको छ । नेताहरूले आपूmलाई देशको रक्षक मान्दैनन् । देशको अंग दुखाईमा यिनको मुटुमा पीडा हुँदैन । नागरिकको मरणलाइ आँप झरेको भन्छन् ।
यिनका अनुयायी मात्र यिनका जनता हुन् बाँकी गैर हुन् । त्यसले गर्दा संरक्षकविनाको देश र विनामियोको दाइँले गर्दा रोजई सरकार बन्ने र ढल्ने राजनीतिक अस्थिरतामा विदेशी लगानीकर्ता र सहयोगी हातहरू टाढिएका छन् र घनिष्ट साथीहरूले समेत नेताहरूको प्रवृत्ति थाह पाई यिनलाई आज्ञाकारी बालकझैँ बनाइसकेका छन् । महम्मद रेजा पहल्वीको समयको स्वस्थ अफगानिस्तान नेताहरूको फूट र जुन प्रवृत्ति तथा दुर्भावले गर्दा आज ध्वस्त भइरहेको छ त्यस्तै प्रवृत्ति र व्यवहार नेपाली नेताहरूको भएकोले अब नेपाली जनताले नेपाललाई सुरक्षित राख्न अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
मैकियावेलीका अनुसार यद्यपि जुनसुकै शासन तन्त्रमा देशले नेतृत्व दिने नेताको दृढ मनोबल, अदम्य उत्साह, निस्वार्थी र उत्कृष्ट चरित्रको आकांक्षा राख्दछ । गणतन्त्रमा त यस्तो गुणवत्ताले मात्र शासकलाई जनताको सहयोग समर्थन र प्रेम प्राप्त हुन सक्दछ । गणतन्त्रको नेताको छवि किञ्चित मात्र पनि तुइलियो भने गणतन्त्र न त प्राणवान हुन्छ न त टिकाउ नै हुन्छ । तर, नेपालमा गणतन्त्रका संवाहक नेताहरू चाहे प्रजातन्त्रवादी भनौदा या तथाकथित कम्युनिस्ट होउन, चोर, हिंस्रक, हत्यारा, देशको सम्पत्ति विध्वंशक आदि आरोपदेखि मुक्त छैनन् । देशलाई लुट्ने उद्देश्यले जनतालाई भ्रमित पारिराख्नको लागि तमाम गफ, नारा र फटाही कुरा गर्ने गरेका छन् । राजनीतिक सहमति भन्ने शब्द लूटको लागि आविष्कार गरेका हुन् । दूधले नुहाएको कोई देखापरेको छैन ।
सबै पार्टीमा गुटउपगुट र खाने र पाउने कुरामा तँछाडमछाड छ । सानोले ठूलो नेतालाई, बेइमानले इमान्दारलाई र भ्रष्टले सन्तलाई पन्छाउने र पार्टीबाट धपाउने सम्मका काम भएका छन्, आफ्न्नो स्वार्थ र अहंकारमा शक्तिको दुरूपयोगगरी दोषीलाई निर्दोष र निर्दोषलाई भ्रष्टाचारी प्रमाणित गराएका छन् । अनि जनताले कुन नेतामाथि कति विश्वास गर्ने ?
यो कुव्यवस्था निवारणका केही उपायहरू छन् । सर्वप्रथम त नेतृत्वको चरित्र कै कुरा आउँछ । सुकरातले मानिसले पटकपटक ऐनामा आफ्नो अनुहार हेरिरहनु पर्दछ भन्थे । यसबाट सुन्दर अनुहारको मानिसले खराब र स्वार्थी काम गर्नु हँुदैन अन्यथा यसको अनुहार त जति सुन्दर छ, मन त्यतिकै कालो छ भन्ने भनाइ आउँछ र कुरूपले यस कारण खराब काम गर्नु हँुदैन कि अरूले यसको अनुहार त कालो छ नै, मन पनि धेरै कालो रहेछ भन्ने आलोचना आउने हुनाले प्रत्येक व्यक्तिलाई ऐनाले सचेत बनाई रहन्छ । तात्पर्य के भने व्यक्ति जस्तै कुरूप र दागी किन नहोस् उसले निरन्तर राम्रो काम गरेमा रत्नाकर डाँका पनि बाल्मीकि भएर पूजनीय हुन सक्दछ ।
हाम्रा दागी नेताहरूका लागि आफ्नो छवि सुधार्ने र आपूmलाई तिखार्ने सुअवसर प्राप्त छ । उनीहरू सौभाग्यवश शक्तिकेन्द्रमा बस्न पाएकाले देश हितका अनगिन्ती असल काम गर्न सक्दछन् । दोस्रो कुरा व्यवस्था को हो । के हामीले उत्तम राजनीतिक व्यवस्थाको चयन गरिसकेका छाँै ? हो भने त उही पुरानो झगडा किन ? प्रजातन्त्रको नाम दिएर ३ पार्टीको तानाशाही किन ?अशान्ति किन ? जनता जनताकै बीच मा यति वैमनश्यता किन ? असन्तुष्टि किन ? कोही कुर्सीमा त कोही जंगलमा र कोही विदेशीको दैलोमा किन ? तेस्रो कुरा विधिको शासन र त्यसैसँग सम्बन्धित स्वतन्त्र र स्वचालित प्रशासनिक प्रणालीसँग खेलवाड किन ? नेताहरू यति निर्लज्ज र पतित भएको किन ? व्यक्तिहित र पार्टीहित सर्वोपरी किन ? राष्ट्रहित विलीन भयो किन ? देशले यसको उत्तर खोजेको छ ।
(लेखक पूर्वप्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुनुहुन्छ )
प्रतिक्रिया