एनआरटी ए डिभिजन लिगमा बढुवा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि च्यासल युथ क्लबले जितेको छ । मंगलबार भएको लिगको अन्तिम खेलमा बाँसबारी क्लबलाई पराजित गर्दै च्यासलले उपाधि जितेको हो । च्यासल पहिलोपटक ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । जितसँगै च्यासलको २८ अंक जोड्दै उपाधि जितेको हो । च्यासलले न्युरोड टिम एनआरटीलाई गोल अन्तरमा पछि पार्दै उपाधि उचालेको हो । लिगको दोस्रो स्थानको एनआरटीले २८ अंक नै जोडेको छ तर गोल अन्तरमा पछिपरेको हो । एनआरटीले मंगलबार नै सातदोबाटो युथ क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको थियो ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मैदान भएको खेलमा च्यासलले बाँसबारी क्लबलाई ५–० ले पराजित ग¥यो । १ खेलअघि नै ‘ए’ डिभिजनमा बढुवा भइसकेको च्यासलको जितमा महादेव भण्डारीले २ तथा विनोद केसी, रविन बन्जान्कर र इन्द्रजंग लिम्बूले समान १–१ गोल गरे । ‘बी’ डिभिजनअन्तर्गत मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै एनआरटी ‘ए’ डिभिजनमा उक्लिएको हो । एनआरटी लिगको शीर्ष स्थानमा छ । एलआरटीलाई जित दिलाउन विश्वजित गुरुङ र सरोज योञ्जनले गोल गरे ।

उपाधिसँगै च्यासलले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले एनआरटीले २ लाख ५० हजार पाउनेछ । राउन्ड रोबिनका आधारमा जारी ‘बी’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । योसँगै बुधबार सकिने ‘बी’ डिभिजन खेलबाट ‘ए’ डिभिजनमा बढुवा हुने र ‘सी’ डिभिजनमा घटुवा हुने टिमको टुंगो लागेको छ । च्यासलसँगै एनआरटी ‘ए’ डिभिजनमा उक्लिएको छ । अन्तिमका २ टिम सामाजिक र महावीर क्लब भने ‘सी’ डिभिजनमा घटुवा भएका छन् । एन्फा कम्प्लेक्समा मंगलबार भएको अर्को खेलमा टुसाल युवा क्लबले डिभाइन ब्वाइज युनियनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । टुसालको जितमा भक्तबहादुर मगरले २ तथा रमन लिम्बूले १ गोल गरे । ब्वाइज युनियनका विजय पौडेल र मनिष थापाले १–१ गोल गरे । (सौस)

प्रतिक्रिया