भलिबल टोलीको छनोट पूरा

sag volleyball selectionकाठमाडौं । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि भलिबल खेलाडीको छनोट मगंलबार भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भलिबल सघंका उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मुख्य भलिबल प्रशिक्षक सुदेश रिमाल, वरिष्ठ भलिबल प्रशिक्षक सलिना श्रेष्ठ र नेपाल भलिबल सघंका केन्द्रीय सदस्य लेखनाथ शर्मा पराजुलीको छनोट समिति सागका भलिबल खेलाडीको छनोट गरेका थिए ।

पुरुष तथा महिला दुवैतर्फ समान १२–१२ खेलाडीको छनोट गरिएको छ । पुरुषतर्फ ओपन स्पाइकरमा पश्चिमाञ्चलका विजय थापा, पुलिसका ३ खेलाडी चन्द्रबहादुर कुँवर, कुलबहादुर थापा, मानबहादुर श्रेष्ठ, क्विकरमा पुलिसका सञ्जय अर्याल एपिएफका महेन्द्र श्रेष्ठ, आर्मीका भैरव बम, ब्याक स्पाइरमा पुलिसका देवराज शर्मा, एपिएफका सुरेशकुमार थारू, सेटरमा पुलिसका इम राना मगर, आर्मीका हरि हजुर थापा तथा लिब्रोमा एपिएफका पुष्पजंग मल्ल छन् । वैकल्पिक खेलाडीमा आर्मीका भरत भण्डारीजगत सिंह, एपिएफका डायमन्ड बाबु बस्नेत, दिनेश गिरी र पुलिसका शमशेर चन्द पर्न सफल भए ।

महिलातर्फ पनि एपिएफका खेलाडीले नै वर्चस्व कायम गरे । टोलीको ओपन स्पाइकरमा डायमन्डकी प्रतिभा माली, एपिएफकी खेलाडीद्वय सरस्वती चौधरी र नेबिका चौधरी, पश्चिमाञ्चलकी मञ्जू गूरङ, क्विइकरमा पुलिसकी कोपिला उप्रेती, एपिएफकी उषा विष्ट, मनिषा चौधरी, ब्याक स्पाइकमा एपिएफकी रेश्मा भण्डारी र पश्चिमाञ्चलकी हरूणा शाही छिन् । सेटरमा एपिएफकी विनिता बुढाथोकी, डायमन्डकी कृपा अधिकारी र पुलिसकी कमला पुन टोलीमा पर्न सफल भइन् । सबै विधातर्फ एक–एक वैकल्पिक खेलाडी राखिएको छ । वैकल्पिक खेलाडीमा पुलिसकी निता शाह, पार्वती अर्याल, सुधा थापा, आर्मीकी मनिषा खाँड र एपिएफकी ज्योती चौधरीले स्थान बनाएका छन् । (सौस)

प्रतिक्रिया