श्राद्धको सट्टा अनाथलाई छात्रवृत्ति

देउखुरी, २१ असोज । देउखुरीमा १ परिवारले श्राद्धमा पितृहरूको सम्झना गर्दै अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गीय आमाबुबाको तिथि श्राद्धमा ५ भाइको घिमिरे परिवारले अनाथ बालबालिकाको शिक्षादीक्षाका लागि छात्रवृत्ति प्रदान गरेका हुन् । ‘बुबाआमा हामी सानै हँुदा बित्नुभयो, त्यसबेला हामीलाई पढ्न लेख्न निकै समस्या प¥यो, हामीले भोगेको समस्या अरूले भोग्नु नपरोस् भनेर बुबाआमा गुमाएका अनाथ बालबालिकालाई छात्रावृत्ति प्रदान गरेका हौँ’ पुरुषोत्तम घिमिरेले भने, ‘श्राद्धमा गर्ने खर्च अनाथ बालबालिकाहरूको पढाइमा लगाएका हौँ ।’

सरस्वती उच्च मावि विद्यानगर गोवरडिमामा स्थापना गरिएको ५० हजारको गंगा, सुमित्रा, धनेश्वर अनाथ छात्रवृत्तिकोषबाट ६ जना अनाथ विद्यार्थीलाई १ हजार रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गरिएको छ ।  अक्षयकोषको स्थापनाकर्ता मध्येका चेतनाथ घिमिरेको अध्यक्षता एवं सरस्वती उच्च मावि विद्यानगर गोवरडिहाका निमित्त प्राचार्य चेतलाल चौधरीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा सरस्वती उच्च मावि गोवरडिहा कक्षा १० मा अध्ययनरत रोहित चौधरी, सोही विद्यालयकी कक्षा ६ मा अध्ययनरत मालती रोका, सोही कक्षामा अध्ययनरत प्रदीप श्रेष्ठ, नमुना प्रावि महदेवामा कक्षा ५ मा अध्ययनरत कैलाश चौधरी, मावि चैनपुर कक्षा ७ मा अध्ययनरत कुमार योगी र प्रावि सुपैला कक्षा ४ मा अध्ययनरत कवेरी डाँगीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

देउखुरी गोवरडिहा निवासी चेतनाथ घिमिरे, शेषमण्ाि घिमिरे, पुरुषोत्तम घिमिरे, अम्मरराज घिमिरे र शरदकुमार घिमिरेले स्वर्गीय आमाबुबाको स्मृतिमा ०६५ सालमा अक्षयकोषको स्थापना गरेका थिए । सोही अक्षयकोषको ब्याजबाट आमाबुबा गुमाएका विद्यार्थीलाई हरेक वर्ष छात्रावृत्ति प्रदान गर्दै आइरहेको छ । अहिलेसम्म ५० जना अनाथ बालबालिकालाई यसरी छात्रवृत्ति प्रदान गरिसकिएको पुरुषोत्तम घिमिरेले जानकारी दिए । सो अवसरमा नुमना प्रावि महदेवाकी प्रधानाध्यापक माया चौधरी, सरस्वती उच्च मावि गोवरडिहाका शिक्षक सूर्यप्रकाश वर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया