विकल्पमा अटो रिक्सा

ato riksaदेउखुरी, २२ असोज । इन्धन अभाव छ । डिजल र पेट्रोल पम्पमा थोरै भएको तेल भर्न पनि मानिसको थामी नसक्नु भिड छ । भारतले गरेको अघोषित नाकाबन्दीको सामना गर्न र आत्मनिर्भर वन्ने खालका विकल्पहरू पनि आइरहेका छन् ।

इन्धनको अभावमा हुने समस्यालाई समाधान गर्न अटोरिक्सा (विद्युत्बाट चल्ने रिक्सा) उपयोगी देखिएको छ । डिजल, पेट्रोल चाहिँदैन । विद्युत् चार्ज भए पुग्छ । जम्मा ३ युनिट विद्युत् खर्चमा फुल चार्ज हुन्छ । फुल चार्जले ८० किलोमिटरसम्मको यात्रा तय गर्छ । छोटो दुरी सहर बजारमा निकै उपयोगी मानिएको छ । यात्रु ओसार्न र सामान बोक्न २ रिक्सा बजारमा आएका छन् । चालकसहित ५ यात्रु सहजै बोक्न सक्छ ।

मालवाहक सामान बोक्ने अटो रिक्सा पनि छ । यसले बजार क्षेत्रमा सामान ओसारपसार गर्न निकै उपयोगी देखिएको छ । मानिसले चलाउने रिक्साभन्दा अटो रिक्साले काम छिटो हुने र शारीरिक कष्ट हुँदैन । अनि अर्काे कुरा वातावरण मैत्री पनि छ । न धुवाँ फाल्छ न कुनै प्रदुषण । सानो पुँजीमा खरिद गर्न सकिन्छ । २ लाख ६५ हजारमा रिक्सा उपलब्ध हुने मामाभान्जा टे«ेडर्स लमहीले जनाएको छ ।

सो मूल्यमा बिलबुक, बिमा र रोड परमिटसमेत उपलब्ध हुन्छ । फाइनान्समासमेत रिक्सा किन्न सकिन्छ । सामान बोक्ने रिक्साको मूल्य २ लाख ३५ हजार पर्ने मामाभान्जा टे«ेडर्स लमहीका सञ्चालक प्रमोद  गौतमले जानकारी दिए । ‘यो चलाउन इन्धन चाहिँदैन, सहर बजारमा चलाउन निकै उपयोगी छ’ उनले भने, ‘विद्युत्बाट चल्ने भएकाले पनि कुनै प्रदुषण हुँदैन ।’

छोटो दुरीका यात्रु ओसार्न रिक्सा उपयोगी साधन देखिएको छ । सर्वसाधारण नागरिकले पनि इन्धनको विकल्पमा इलेक्ट्रिक साधन हुन सक्ने र छोटो दुरीमा सञ्चालन गर्न माग गरेका छन् । ‘५÷७ किलोमिटर दुरीमा बस्ने हामीजस्ता नागरिकलाई बजार पुग्न, घर फर्किन निकै सजिलो हुने थियो’ सोनपुरका यादव अधिकारीले भने ‘नाकाबन्दीको विकल्पमा हामी आपैmँ स्वाभिमान बन्न पैदल हिँड्न, त्यसो गर्न पनि सकिएन भने यस्ता इलेक्ट्रिक रिक्सा सञ्चालन गर्नु प¥यो । सरकारले पनि इन्धनको विकल्पमा यस्ता सवारी साधनलाई प्राथमिकतामा राखेर योजना बनाउन आवश्यक छ ।

प्रतिक्रिया