उदयपुर, १६ भदौ । प्रदेशको सीमांकनमा असन्तुष्ट थारु कल्याणकारिणी सभा र थारुवान संयुक्त संघर्ष समितिले बुधबार उदयपुरमा बृहत् शक्ति प्रदर्शन गरेका छन् ।
सदरमुकाम गाईघाटको दाजुभाइ चोकबाट निस्केको ¥याली पुरानो गाईघाट, तरकारी बजार, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, पेट्रोल पम्प र टेम्पु स्टेन हुदै ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । शक्ति प्रदर्शन हुनुअघि सदरमुकाम गाईघाटमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । थारु प्रदर्शनकारीहरूले झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरको छुट्टै प्रदेश हुनुपर्ने नारा लगाएका थिए । थारूहरूलाई प्रदेश हुनपर्ने माग चर्काे नारा लगाउँदै ठूलो संख्यामा प्रदर्शनकारी निस्किए पनि कुनै अप्रिय घटना हुन पाएन ।
बजार परिक्रमापछि ट्राफिक चोकमा सम्पन्न कोणसभालाई थारू अगुवा तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले सम्बोधन गरेका थिए ।
थारु अगुवा लेखीले टीकापुर घटना घटाउन नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको हात रहेको आरोप लगाए । उनले भने, ‘नेपालका आदिवासी समुदायलाई अधिकार नदिनका लागि कांग्रेस, एमाले र माओवादीका नेताहरूको निर्देशनमा टीकापुर घटना घटाइएको हो ।’
प्रतिक्रिया