इस्लामाबाद । दक्षिणपूर्वको सबैभन्दा ठूलो सहर कराँचीमा अज्ञात बन्दुकधारीको आक्रमणमा परी चार प्रहरीको मृत्यु भएको छ ।
बुधबार दिउसो दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहले एक स्थानीय रेस्टुरेन्टमा खाना खाइरहेका प्रहरीमाथि गोली हानेर भागेको बताइएको छ । आक्रमणकारीले अत्याधुनिक हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते प्रहरीलाई स्थानीयले अस्पताल पु¥याए पनि अस्पतालले उनीहरूको मृत्यु भइसकेको घोषणा गरेको थियो । आक्रमणको बुधबार साँझसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । प्रहरीले आक्रमणकारी लुकेको अनुमान गर्दै कराँची र कोरङ्गी क्षेत्रलाई घेराहाली खोजी गरिरहेको छ ।
प्रतिक्रिया