सिआन । उत्तरपश्चिमी चीनको सान्सी प्रान्तको एक कोइला खानी नजिकैको बस्तीमा पहिरोमा परी मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । पहिरोमा परी बुधबार साँझसम्म कम्तीमा ६० जना हराइरहेको समाचारमा जनाइएको छ । यसअघि सो पहिरोमा ४० जना व्यक्ति हराइरहेको स्थानीय प्रसासनले जनाएको थियो । पहिरोमा परी हराएकामध्ये चार जनाको उद्धार गरिएको छ ।
चीनको स्थानीय समयाअनुसार बुधबार बिहान १२ः३० मा गएको सो पहिरोमा हराएका चिनियाँ नागरिकको उद्वारकार्यमा प्रहरी, दैवी प्रकोप उद्वारमा खटिने उद्वारकर्मी र अन्य उद्वारकर्ताको सहभागिता रहेको छ ।
प्रतिक्रिया