काठमाडौं । आरती इन्टरटेनमेन्ट ग्रुपले राजधानीमा आयोजना गरेको ‘स्कुल प्रिन्सेस–२०१५’ को उपाधि सोनिया लिम्बूले जितेकी छन् । सरस्वती उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सोनियाले आफ्ना ९ प्रतिस्पर्धीलाई पछि पारेर उपाधि चुम्दै उपाधिसहित १५ हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पाइन् ।
प्रतियोगितामा स्कोलर होम एकेडेमी स्कुलकी प्रेक्षा शिवाकोटी फस्र्ट रनरअप र नागार्जुन भ्याली स्कुलकी अनुशा राई सेकेन्ड रनरअप भए । उनीहरूले पनि नगद तथा विभिन्न उपहार पाए । यस्तै, नागार्जुन स्कुलकी सरस्वती खड्काले ‘बेस्ट पब्लिक च्वाइस अवार्ड’ हात पारिन् ।
विधागत अवार्डतर्फ युजिन सुवेदी ‘बेस्ट ट्यालेन्ट’, सिवानी कार्की ‘बेस्ट ड्रेस’, अस्मी कार्की ‘बेस्ट डिसिप्लिन’ र सुरक्षा लामिछाने ‘बेस्ट क्याटवाक’ घोषित भए । प्रतियोगितामा गीतकार मिनसागर लामा, रंग पत्रकार जयन सुब्बा मानन्धर, किसन सिंह र भीम मल्ल निर्णायक मण्डल रहेका थिए । (सौस)
प्रतिक्रिया