जुम्ल्याहा किशोरीले ल्याए समान अंक

Jumlyaha-Didi-Bahini-Storyअपरूपा र अनुरूपा जुम्ल्याहा दिदीबहिनी हुन् । हाल उनीहरू भारतको झारखण्ड राज्यको राजधानी राँचीमा बस्छन् । उनीहरूको पहिलेको घर कोलकाता हो । यी जुम्ल्याहा दिदीबहिनीमा धेरै कुरा मिल्दोजुल्दो छन्, कहाँसम्म भने भर्खरै आइसिएसई बोर्डअन्तर्गत कक्षा १० को बोर्ड परीक्षामा उनीहरूले प्राप्त गरेको अंक पनि लगभग उस्तै छ । दिदी अपरूपाले ९८ प्रतिशत र बहिनी अनुरूपाले ९७.८ प्रशितशत अंक हासिल गरेका छन् ।
यी दिदीबहिनीले पाँचवटा विषयमा समान अंक ल्याएका छन् । यी जुम्ल्याहा दिदीबहिनीले समान रूपमा कम्प्युटरमा १००, अंग्रेजीमा ९५, विज्ञानमा ९९, गणितमा ९८ र इतिहास, भूगोलमा ९७ अंक हासिल गरेका छन् । केबल हिन्दी विषयमा मात्रै उनीहरूबीच अंक फरक छ, दिदी अपरूपाले ९८ र बहिनी अनुरूपाले ९७ अंक ल्याएका छन् ।
अपरूपा र अनुरूपा डाक्टर बन्न चाहन्छन् । उनीहरूका पिता शैलेस चट्टोपाध्याय बिएयुमा वैज्ञानिक छन् । र, आमा मौसमी चट्टोपाध्याय गृहणी हुन् । आफ्नी छोरीहरू सधैँ सँगै खेलून् र सँगै पढून् भन्ने मौसमीको चाहना छ । ‘अहिलेसम्म अपरूपा र अनुरूपाले कुनै पनि ट्युसन क्लास लिएका छैनन्, एक आपसमा छलफल गर्दै सँगै पढ्छन्’, मौसमीले भनिन् ।
यता, छोरीहरू भने आफ्नो सफलताको श्रेय आमा–बाबु र शिक्षकलाई दिन्छन् । ‘हामी सधैँ सँगै पढ्छौँ, जसले हामीलाई विषयलाई सहज ढंगले बुझ्न मद्दत पुग्छ’, जुम्ल्याहा दिदीबहिनीको कथन छ ।
यी जुम्ल्याहा किशोरीको डाक्टर बन्ने इच्छा छ । उनीहरूकी आमा मौसमीलाई पनि आफ्ना दुवै छोरीले एउटै कलेजमा भर्ना पाउन् र सँगै एमबिबिएस पढून् भन्ने चाहना छ । उनीहरूका पिता शैलेस आपूmले छोरीहरूलाई कहिल्यै डाक्टर बन्न दबाब नदिएको बताउँछन् । ‘यस्तो पैmसला उनीहरू दुवैले मिलेर लिएका हुन्,’ उनले भने, ‘सधैँ सँगै बस्न सम्भव छैन । त्यसैले, उनीहरू एक–आपसमा निर्भर नभएकै राम्रो हो ।’ (एजेन्सी)

प्रतिक्रिया